काठमाडौं । कर्मचारीमा कोरोना संक्रमण देखिएपछि ललितपुरको पुलचोकस्थित आरोग्य प्रतिष्ठान र निदान अस्पताल प्रहरीले सिल गरेको छ ।
आरोग्य प्रतिष्ठानमा कार्यरत एक महिला कर्मचारीमा मंगलबार कोरोना देखिएपछि प्रहरीले सो प्रतिष्ठान र सँगै जोडिएको अस्पताल सिल गरेको हो ।
कोरोनाको सम्भावित संक्रमणको जोखिम कम गर्न ती दुई स्वास्थ्य संस्था रहेको भवनमा सिल गरिएको प्रहरीले जनाएको छ । सिल गरिएको भवनमा सुरक्षाकर्मीले सबैलाई प्रवेशमा रोक लगाएको छ ।
प्रहरीका अनुसार प्रतिष्ठानमै कार्यरत ती महिला कर्मचारी चैत ९ गते सुनसरी गएकी थिइन् । उनी वैशाख २९ गते काठमाडौं आएकी थिइन् ।