लकडाउनका बीच यी सडकमा धमाधम हुँदै छ काम, बजेट खर्च निराशाजनक

सांकेतिक तस्वीर

काठमाडौं । लकडाउनका बीच सडक विभागले आवश्यक सुरक्षा र दूरी परिपालन गर्दै सडक आयोजनाको काम गरिरहेको छ ।

 

सडक विभागले लक डाउनमा विभिन्न १० वटा कामलाई प्राथमिकतामा राखेरकाम अगाडि बढाइ रहेको छ । लकडाउन खुकुलो हुनासाथ अन्य कामलाई पनि तीव्र्रता दिने विभागका महानिर्देशक केशवकुमार शर्माले बताए ।

 

उनका अनुसार हाल विभागले सडक कालोपत्रे, नाली निर्माण, पुल निर्माण लगायतका मर्मत तथा निर्माणका कामलाई प्राथमिकता दिएको छ ।

 

‘हामीले लक डाउनमा पनि सम्भव भएसम्मका कामहरु गरिरहेका छौँ, लक डाउन खुकुलो भएसँगै अन्य कामहरुलाई पनि गति दिने छौँ,’ शर्माले भने ।

 

सडक विभागले लकडाउनमा कमलादी-जयनेपाल, कालेपुल-ज्ञानेश्वरमा कालोपत्र गरेको छ । गौशला-चाबहिल सडकमा कालोपत्र गर्ने काम भइरहेको छ भने सडकपुतली सडकमा नाली निर्माण कार्य भइरहेको छ ।

 

शर्माले काठमाडौं र ललितपुरमा नियमित मर्मत संभार गरिनुका साथै उपत्यकाका सडक सुधार आयोजनामा काम भइरहेको बताए ।

 

गल्छि–त्रिशुली सडक निर्माण कार्य भइरहेको छ भने मध्यपहाडी राजमार्ग बाग्लुंगमा मोड सुधारको काम भइरहेको छ । धनगढी-अत्तरिया ६ लेन सडक विस्तार कार्य भइरहेको छ ।

 

सडक विभागले विभिन्न बर्खामा जोखिम हुन सक्ने पुल र सडकहरुलाई निर्माण र मर्मतको कामलाई तीव्र्रता दिएको उनले बताए । कडाउनकै क्रममा पोखरामा भेहिकल डिसइन्फेक्सन प्लान्ट निर्माणको काम भइरहेको विभागले जनाएको छ ।

 

विभागले स्वास्थ्य सुरक्षा सामग्री व्यवस्था सहित काम महानिर्देशक शर्माले बताए । ‘लक विभागले स्वास्थ्यक कार्यविधी र भौतिक दूरीको परिपालन गर्दै सडक निर्माण र मर्मतको काम गरिरहेका छौँ,’ उनले भने ।सडक डिभिजन कार्यालयले विभिन्न स्थानमा सडक मार्क गर्ने काम पनि निरन्तर गरिरहेको छ ।

 

काठमाडौं सडक डिभिजन कार्यालयले बैशाख अन्तिमसम्म ५० प्रतिशत बजेट समेत खर्च गर्न सकेको छैन । कार्यालयले सडकमा गर्ने कामहरु गरिरहेपनि त्यसको भुक्तानी हालसम्म नभएकोले बजेटमा खर्च नदेखिएको जनाएको छ ।

 

डिभिजन कार्यालयका लेखा प्रमुख चीत्रबहादुर केसीले जेठसम्ममा सबै ठेक्कालाई भुक्तानी गरिसक्नु पर्नेमा लक डाउनका कारण भुक्तानी सम्भव नहुँदा बजेट खर्च नदेखिएको बताए ।

 

उनका अनुसार चालू आर्थिक वर्षमा हालसम्म ९५ करोड रुपैयाँ खर्च भइसकेको थियो । चालू आवमा सडक डिभिजनका लागि २ अर्ब १० करोड रुपैयाँ बजेट विनियोजन गरिएको थियो ।

 

उनका अनुसार आर्थिक मसान्तसम्ममा बजेटको ९० प्रतिशत रकम खर्च हुने लक्ष्य रहेको भए पनि लक डाउनका कारण त्यो घट्न सक्ने छ । ‘हामीले जेठ/असारसम्म सबै भुक्तानी गरेपछि खर्च देखिने हो, काम भइरहेको छ तर, लकडाउनले भुक्तानी हुन सकेको छैन,’ केसीले चाणक्यपोष्टसँग भने ।

कर्मचारीमा कोरोना देखिएपछि पुल्चोकस्थित आरोग्य प्रतिष्ठान र निदान अस्पताल सिल Read Previous

कर्मचारीमा कोरोना देखिएपछि पुल्चोकस्थित आरोग्य प्रतिष्ठान र निदान अस्पताल सिल

डेरावाल घरमा आए खबर गर्न घरबेटीलाई आग्रह Read Next

डेरावाल घरमा आए खबर गर्न घरबेटीलाई आग्रह