काठमाडौं । ४९ दिनपछि खुलेको सेयर बजार पूूरासमय कारोबार नभइ बन्द भएको छ । डेढ महिनापछि खुलेको बजारमा विक्रीकर्ताको चाप बढ्दा नकरात्मक सर्किट लागेरबजार बन्द भएको हो ।
सेयर बजारमा ठूलो चलखेल हुन नदिन नेप्सेले लकडाउन अवधिभर नेप्से सूचक २ प्रतिशत घटे/बढेमा सर्किट लागि सो दिनका लागि कारोबार बन्द गर्ने व्यवस्था गरेको छ । सोहीअनुसार बजार २ प्रतिशत घटेपछि बन्द भएको हो ।
खुलेदेखि नै ओरोलो लागेको बजार १२ बजेर २३ मिनेट जाँदा २.०२ प्रतिशतले घटेपछि आजका लागि बन्द भएकोहो । आज सेयर बजार मापक सूचक नेप्से २५.३० अंकले घटेर १२२६.१५ विन्दुमा आइपुगेको छ । ८७ कम्पनीको १० करोड ४३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
नेप्सेका अनुसार आज कारोबार भएका ८७ कम्पनीमध्ये ८४ कम्पनीको सेयर मूल्य घटेको छ भने ३ कम्पनीको स्थिर रहेको छ ।
आज कारोबार भएका ११ ओटै समूहको परिसूचक ओरोलो लागेका छन् । जीवन बीमा समूहको परिसूचक सबैभन्दा धेरै १५७.७८ अंकले घटेको छ ।
आजसबैभन्दा धेरै नागरिक लगानी कोषको कारोबार भएको । यस कम्पनीको मात्र ८ करोड ८८ लाख ५७ हजार ५९० रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । आज लगानी कोष बाहेक अन्य सबै कम्पनीको १ करोड भन्दा कमको कारोबार भएको छ ।