प्रभु बैंकको खुद नाफामा सामान्य सुधार, वितरण योग्य नाफा ७७ करोड

काठमाडौं । चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा प्रभू बैंकको खुद नाफामा सामान्य सुधार आएको छ ।

 

बैंकले मंगलबार सार्वजनिक गरेको वित्तीय विवरण अनुसार चालू आवको चैत मसान्तसम्म बैंकले १ अर्ब ४६ करोड रुपैयाँ खुद नाफा कमाएको छ ।

 

यो गत आवको सोही अवधिको तुलनामा १ करोड १९ लाख रुपैयाँ बढी हो । बैंकले गत आवको चैतसम्म १ अर्ब ४५ करोड रुपैयाँ नाफा कमाएको थियो ।

 

समीक्षा अवधिमा बैंकको सञ्चालन मुनाफा भने घटेको छ । गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा २ अर्ब ९ करोड रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको यस बैंकले चालू आर्थिक वर्षको सोही अवधिसम्ममा २ अर्ब ८ करोड मात्र यस्तो मुनाफा आर्जन गरेको छ।

 

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी २१ करोड ९३ लाख रुपैयाँ बढेर १ अर्ब ५९ करोड पुगेको छ। १० अर्ब ३१ करोड रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा ४ अर्ब ५३ करोड रुपैयाँ र सेयरधनी कोषमा ७९ करोड ८१ लाख रुपैयाँ संचित छ । यस अवधिसम्म बैंकको वितरण योग्य मुनाफा ७७ करोड ४९ लाख रुपैयाँ रहेको छ।

 

खुद नाफा सामान्य बढेपनि बैंकको प्रतिसेयर आम्दानी सामान्य घटेर १९.८९ रुपैयाँ भएको छ । बैंकको प्रतिसेयर नेटवर्थ १५१.६९ रुपैयाँ, मूल्य आम्दानी अनुपात ११.३१ गुणा, निष्क्रिय कर्जा २.९५ प्रतिशत रहेको छ।

४९ दिनपछि आजबाट सेयर बजार खुल्ने, यसरी हुँदै छ कारोबार Read Previous

४९ दिनपछि आजबाट सेयर बजार खुल्ने, यसरी हुँदै छ कारोबार

कामदार नआउँदा पोखरा औद्योगिक क्षेत्रका ३६ मात्र उद्योग सञ्चालन Read Next

कामदार नआउँदा पोखरा औद्योगिक क्षेत्रका ३६ मात्र उद्योग सञ्चालन