४९ दिनपछि आजबाट सेयर बजार खुल्ने, यसरी हुँदै छ कारोबार

काठमाडौं । डेढ महीनाभन्दा बढी बन्द भएको सेयर बजार आजदेदि खुल्ने भएको छ । कोरोना रोकथामका लागि सरकारले लकडाउन घोषणा गरेसँगै बन्द भएको बजार ४९ दिन पछि आज खुल्न लागेको हो ।

 

गत बुधबार बसेको मन्त्रिपरिषदको बैठकले बैंक तथा बीमा, धितोपत्र, सहकारी संस्थामार्फत अति आवश्यकीय सेवा प्रवाह गर्न दिने निर्णय गरेको थियो । सोसँगै धितोपत्र बोर्डले नेपाल स्टक एक्चेजलाई आजबाट दोस्रो बजारमा सेयर कारोबार गर्न निर्देशन दिएको थियो ।

 

आजदेखि खुल्ने बजारमा कारोबार अवधि घटाइएको छ ।  नेप्सेका अनुसार सामान्य अवस्थामा ४ घण्टा खुल्दै आएको बजार लकडाउनभर विहान ११ बजेदेखि १ बजेसम्म २ घण्टा मात्र खुला हुनेछ ।

 

यस्तै नेप्सेले बजारमा हुनसक्ने अस्वभाविक चलखेल रोक्न  कुनै पनि कम्पनीको सेयरमूल्मा २ प्रतिशत थप/घट भएका सर्किट लाग्ने व्यवस्था गरेको छ । सामान्य अवस्थामा सेयर मूल्य १० प्रतिशत थपघट भएका सर्किट लाग्ने व्यवस्था छ ।

 

यस्तै नेप्सेले सूचक पनि २ प्रतिशत थपघट भएमा सर्किट लागि सो दिनका लागि कारोबार बन्द गर्ने व्यवस्था गरेको छ । यसअघि कारोबार सुरु भएको पहिलो घण्टामा नेप्से सूचक ४ प्रतिशतले घटे बढेमा २० मिनेटका लागि, दोस्रो घण्टामा ५ प्रतिशतले घटे/बढेमा ४० मिनेटका लागि र  तेस्रो घण्टापछि  ६ प्रतिशतले बजार घटे/बढेमा बाँकी पूरै दिनको कारोबार बन्द हुने व्यवस्था थियो ।

लकडाउनले  पौने ४ खर्ब नोक्सानी, तत्काल उद्योग सञ्चालन गर्न समस्या नै समस्या : व्यवसायी Read Previous

लकडाउनले पौने ४ खर्ब नोक्सानी, तत्काल उद्योग सञ्चालन गर्न समस्या नै समस्या : व्यवसायी

प्रभु बैंकको खुद नाफामा सामान्य सुधार, वितरण योग्य नाफा ७७ करोड Read Next

प्रभु बैंकको खुद नाफामा सामान्य सुधार, वितरण योग्य नाफा ७७ करोड