काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) ले लगानीकर्ताको गुनासो सम्बोधनका लागि हेल्प डेस्क स्थापना गरेको छ ।
डेढ महिनादेखि बन्द रहेको सेयर बजार मंगलबारदेखि खुल्ने भएसँगै धितोपत्रको दोश्रो बजार कारोबारमा आउन सक्ने सम्भावित गुनासोहरु सम्बोधनका लागि हेल्प डेस्क स्थापना गरिएको नेप्सेले जनाएको छ ।
नेप्सेले मंगलबारदेखि बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म बजार खोल्ने भएको छ । यससँगै, लगानीकर्ताले कारोबार गर्दा कुनै समस्या आएमा टोल फ्रि नम्बर १६६००१२५०२५ मा सम्पर्क गर्न सक्ने नेप्सेले जनाएको छ ।
लकडाउनको अवधिमा खुल्ने भएको बजारमा अनलाइन कारोबार हुने भएको छ । उक्त कारोबार गर्दा केही समस्या तथा गुनासा आएमा लगानीकर्ताले उक्त नम्बरमा सम्पर्क गर्न सक्नेछन् ।
बजारमा उच्च चलखेल हुन सक्ने अवस्थालाई मध्यनजर गर्दै बोर्डले २ प्रतिशतको सर्किट ब्रेकरको व्यवस्था गरेको छ। बोर्डको निर्णय अनुसार कोरोनाको प्रभाव रहुन्जेल २ प्रतिशत घट/बढ भएमा सर्किट लाग्ने छ।
