चीनले दियो नेपाललाई ४० हजार पीसीआर किट

काठमाडौं । नेपाललाई चीन सरकारले कोभिड- १९ को रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य सामग्री प्रदान गरेको छ ।

 

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकाललाई आज यहाँ आयोजित कार्यक्रममा नेपालका लागि चीनका राजदूत होउ यान्छीले ४० हजार थान पीसीआर किट, २० हजार थान एन ९५ मास्क, ८ लाख सर्जिकल मास्क, १० हजार थान चस्मा र १० हजार थान डिस्पोजेबल कभर लगायतका सामग्री हस्तान्तरण गरेका हुन् ।

 

यसअघि पनि चीनले नेपाललाई स्वास्थ्य सामग्री उपलब्ध गराएको थियो । केही दिनअघि स्वीस सरकारले पनि ३० हजार थान पीसीआर परीक्षणका लागि आवश्यक किट उपलब्ध गराएको थियो ।

चालू आवमा मालपोत राजश्व साढे ७ अर्ब घट्ने, घरजग्गा कारोबार ठप्प Read Previous

चालू आवमा मालपोत राजश्व साढे ७ अर्ब घट्ने, घरजग्गा कारोबार ठप्प

गुनासो सम्बोधन गर्न नेप्सेको हेल्प डेस्क, समस्या आए यो नम्बरमा फोन गर्नुहोस् Read Next

गुनासो सम्बोधन गर्न नेप्सेको हेल्प डेस्क, समस्या आए यो नम्बरमा फोन गर्नुहोस्