काठमाडौं । उद्योगी तथा नेपाली कांग्रेसका सांसद विनोद चौधरीले सरकारले निजी क्षेत्रलाई जति निमोठे पनि हुन्छ भन्ने सोच परिवर्तन गर्नुपर्ने बताएका छन् ।
संघीय संसदको प्रतिनिधिसभामा आगामी आर्थिक वर्षको बजेटको सिद्धान्त र प्राथमिकता बारे भएको छलफलमा आफ्नो धारण राख्दै यस्तो बताएका हुन् ।
सरकारले राहत प्याकेज केवल निजी क्षेत्रको भर थेग गर्न मात्र ल्याइएको हो भन्ने बुझ्न नहुने र यस्ता राहत प्याकेजले सरकारलाई पनि फाइदा पुग्ने उनको भनाइ छ । सरकारले ऋणीलाई दिएको २ प्रतिशतले ब्याज छुटले खासै महत्व नराख्ने भन्दै उनले विस्तृत अध्ययन गरी प्रभावकारी राहत प्याकेज दिनुपर्ने बताए ।
कोरोनाका कारण विश्व अर्थतन्त्र नै ध्वस्त भएको अधिकांश देहशले राहत प्याकेज मार्फत देशको अर्थतन्त्र उकास्ने प्रयास गरेको भन्दै उनले नेपाल सरकारले पनि प्रभावकारी राहत प्याकेज ल्याउनुपर्ने बताए ।
विश्वका भारत, अमेरिका, जापान लगायत ठूला कुल जीडीपीको १० प्रतिशत बराबरा रकम राहत प्याकेजको रुपमा ल्याएका औल्याउँदै उनले कृषिलाई व्यावसायीकरण गर्ने खालको ठोस योजना ल्याउनु पर्ने बताए ।
सरकारले संकटको समयमा फजूल खर्च कटौती गरी पूर्वाधार निर्माणमा खर्च गरी रोजगारी सृजना गर्नमा खर्च गर्न सरकारलाई सुझाव दिए ।