२ करोडको पुल ६ महिना पनि टिकेन

काठमाडौं । निर्माण सम्पन्न भएको ६ महिना पनि नपुग्दै म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ शिख–स्वाँत जोड्ने आर्क मोटरेबल पुल जीर्ण बनेको छ । पूर्वाधार विकास योजना कार्यालयले २ करोड १० लाखको लागतमा कालिका शर्मा रसुवा जेभीमार्फत गत मङ्सिरमा सो पुल निर्माण गरेको थियो ।

 

५३१ मिटर लम्बाइको सो पुलको बीच भागमा दुईवटा भ्वाङ परेको स्थानीयवासी सेते तिलिजाले जानकारी दिए । पुल दायाँबायाँ भागको जमीन भासिएको छ भने पर्खालसमेत भत्किन थालेकाले कुनै पनि बेला दुर्घटना हुनसक्ने स्थानीयवासीको भनाइ छ ।

 

पुलको अवस्था र त्यसबाट उत्पन्न सम्भावित जोखिमका बारेमा स्थानीय जनप्रतिनिधिलाई समेत जानकारी गराइएको छ ।

 

ठेकेदार कम्पनीले पुल निर्माण गर्दा गुणस्तरहीन सामग्री प्रयोग गरेको जनप्रतिनिधिलाई थाहा हुँदाहुँदै पनि चासो नराखेकाले यस्तो अवस्था आएको स्थानीयवासी सुबोध बरुवाल क्षेत्रीले बताए ।

 

ठेकेदारले एकसरो ढलान गरेको र स्थानीय जनप्रतिनिधिले पनि चासो नराखेको हुँदा ६ महिना पनि नबित्दै पुल भत्किने अवस्थामा पुगेको स्थानीयवासी डिल गर्वुजाले बताए ।रासस

सेञ्चुरी बैंकको नाफामा छलाङ, वितरण योग्य नाफा १३ करोड Read Previous

सेञ्चुरी बैंकको नाफामा छलाङ, वितरण योग्य नाफा १३ करोड

'लकडाउनै बीच उद्योग र कारोबार सञ्चालन गर्न समस्या' Read Next

'लकडाउनै बीच उद्योग र कारोबार सञ्चालन गर्न समस्या'