अन्तर्राष्ट्रिय मुद्रा कोषले नेपाललाई साढे २५ अर्ब ऋण दिने

काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले नेपाललाई २१ करोड ४० लाख अमेरिकी डलर (२५ अर्ब ६८ करोड रुपैयाँ) सहुलियत ऋण दिने भएको छ।

 

कोरोनाका कारण उत्पन्न विषम परिस्थितिसँग जुध्नका लागि आवश्यक पर्ने वैदेशिक मुद्रा सन्तुलनका लागि आइएमएफले उक्त ऋण दिन लागेको हो।आइएमएफको बोर्डले नेपाललाई दिने उक्त ऋण प्रस्वताव स्वीकृत गरेको छ ।

 

नेपालको मुख्य वैदेशिक मुद्राका स्रोत रेमिट्यान्स र पर्यटन आम्दानीमा गिरावट आउने भएपछि नेपालले ऋणका लागि अनुरोध गरेको थियो।

 

नेपालले यसअघि नै विश्वबैंकबाट १२ अर्ब ऋण लिने निर्णय गरिसकेको छ भने २५ अर्ब बराबरको ऋणका लागि सरकारले एशियाली विकास बैंकसँग वार्ता गरिरहेको छ।

थप ८ जना कोरोना संक्रमित डिस्चार्ज, निको हुनेको संख्या ३० पुग्यो Read Previous

थप ८ जना कोरोना संक्रमित डिस्चार्ज, निको हुनेको संख्या ३० पुग्यो

मलेसियामा रहेका विदेशी लकडाउन खुलेको १४ दिनभित्र स्वदेश फर्किनु पर्ने Read Next

मलेसियामा रहेका विदेशी लकडाउन खुलेको १४ दिनभित्र स्वदेश फर्किनु पर्ने