काठमाडौं । विराटनगरको कोशी अस्पतालमा उपचाररत ८ जना कोरोना संक्रमित निको भएका छन्।
उदयपुर भुल्केका उनीहरू निको भएपछि आज डिस्चार्ज भएका हुन् । उनीहरुमा वैशाख ८, ९ र १० गते संक्रमण पुष्टि भएको थियो ।
अस्पताल स्रोतका अनुसार उनीहरुको लगातार तीन पटकसम्म गरेको स्वाब परीक्षणमा कोरोना नेगेटिभ देखिएको छ ।
योसँगै कोरोनाबाट निको हुनेको संख्या ३० पुगेको छ। यद्यपि तीन जनामा भने पुनः संक्रमण देखिएको छ।