सरकारले जेठ २ गते नीति तथा कार्यक्रम ल्याउने

काठमाडौं । सरकारले जेठ २ गते संघीय संसदमा आगामी वर्षको नीति तथा कार्यक्रम ल्याउने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको तर्फबाट नीति तथा कार्यक्रम पेश गर्नेछिन्।

 

सदनमा नीति तथा कार्यक्रम पेश हुनुअघि वैशाख २८ गतेदेखि ३० गतेसम्म ३ दिन गते प्रि बजेट बारे छलफल हुने भएको छ। गत वर्ष सरकारको नीति तथा कार्यक्रम सुरुमा रत्यसपछि प्रि बजेट पेश गरिएको थियो। तर यसपटक पहिला प्रि बजेट छलफल गर्न लागिएको हो।

 

संवैधानिक व्यवस्था अनुसार जेठ १५ गते बजेट ल्याउनु पर्ने प्रावधान । त्यसैको तयारीको लागि सरकारले सदनमा प्रि बजेट छलफल र नीति तथा कार्यक्रम पेश गर्न लागेको हो ।

 

संसदको बजेट अधिवेशन २६ गते (शुक्रबार)बाट शुरु हुँदैछ।

अब नगरपालिकाले तोकेको मूल्यमा तरकारी बेच्नु पर्ने Read Previous

अब नगरपालिकाले तोकेको मूल्यमा तरकारी बेच्नु पर्ने

विश्वका प्रमुख सहरहरुमा विलासी आवासिय घरको मूल्यमा गिरावट Read Next

विश्वका प्रमुख सहरहरुमा विलासी आवासिय घरको मूल्यमा गिरावट