अब नगरपालिकाले तोकेको मूल्यमा तरकारी बेच्नु पर्ने

अब नगरपालिकाले तोकेको मूल्यमा तरकारी बेच्नु पर्ने भएको छ । सिन्धुलीको कमलामाई नगरपालिका क्षेत्रभित्र तरकारी विक्री गर्नेले नगरले निर्धारण गरेको मूल्यमा तरकारी बेच्नु पर्ने छ ।

 

कमलामाई नगरपालिकाका तरकारी व्यापारीले स्थानीय उत्पादन र बाहिरी क्षेत्रबाट उत्पादन भएका तरकारी सस्तो मूल्यमा खरिद गरी महँगोमा विक्री वितरण गर्ने गरेको भनी गुनासो आएपछि कमलामाई नगरपालिकाले आज जिल्लामा सञ्चालित तरकारी पसलहरुसँग छलफल गरी नगरपालिकाले निर्धारण गर्ने मूल्यमा तरकारी विक्री सहमति भएको हो ।

 

नगरभित्र तरकारी विक्री वितरण गर्ने व्यापारीसँग तरकारीको मूल्यमा एकरुपता ल्याउनका लागि नगरपालिकाले छलफल गरेको छ ।

 

व्यापारीले तरकारीको खरिद मूल्यको दररेट चार दिनभित्र नगरपालिकालाई उपलब्ध गराउने र त्यसपछि नगरपालिकाले सरकारी दररेटसँग मूल्याङ्कन गरी स्थानीय दररेट निर्माण तोक्ने र सोहीअनुसार विक्री वितरण गर्ने सहमति भएको छ ।

वैशाखमा भन्सार कार्यालयमा राजश्व संकलन शून्य Read Previous

वैशाखमा भन्सार कार्यालयमा राजश्व संकलन शून्य

सरकारले जेठ २ गते नीति तथा कार्यक्रम ल्याउने Read Next

सरकारले जेठ २ गते नीति तथा कार्यक्रम ल्याउने