मर्जरका लागि १० बैंकसँग कुरा भइरहेको छः इच्छाराज तामाङ

काठमाडौं । सिभिल बैंकका अध्यक्ष इच्छाराज तामाङले राष्ट्र बैंकको बैंक मर्जरको निर्देशन पालना गर्नका लागि १० वटा बैंकहरुसँग कुरा भइरहेको बताएका छन् । बैंकले ‘आइएसओ’ ९००१ः२०१५ अर्वाड प्राप्त गरेको सार्वजनिक गर्ने क्रममा उनले सो तथ्य खुलाएका हुन् ।

 

बेलायती कम्पनी युनाईटेड रजिस्टार सिस्टमले सिभिल बैंकको सबै किसिमका इन्डिकेटरहरु निकै राम्रो रहेकोले यो अर्वाड दिएको बताएको छ ।

 

स्विट्जरल्यान्डमा प्रधान कार्यालय भएको र १६४ वटा देशमा काम गरिरहेको आइएसओ (इन्टरनेशनल अर्गनाइजेशन फर स्ट्यान्डर्डाइजेशन) अन्तर्राष्ट्रिय मापदण्ड स्थापित गर्ने संस्था हो ।

 

बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले आइएसओ मापदण्ड अनुरुप परिक्षण गर्दा सबै पक्षहरु सबल पाइनु आफ्ना लागि खुसीको कुरा भएको बताए ।

 

युनाइटेड रजिस्टार सिस्टमका नेपाल प्रमुख प्रकाश पौडेलले सिभिल बैंकले ग्राहक सन्तुष्टिको लागि निकै राम्रो काम गरेको र आगामी दिनमा बैंकले अझै राम्रो गर्ने विश्वास व्यक्त गरे ।

 

बैंकका अध्यक्ष इच्छाराज तामाङले बैंक निकै सबल रहेको दाबी गरे । नियामकको सबै निर्देशन पालना गर्दै बैंक अगाडी बढेको उनको जिकिर थियो ।

विकासको मेरुदण्ड सडक : यस्तो छ इतिहास र वर्तमान अवस्था Read Previous

विकासको मेरुदण्ड सडक : यस्तो छ इतिहास र वर्तमान अवस्था

प्रभु बैंकको वेलकम र स्यालरी बचत खातामा बीमा सुबिधा Read Next

प्रभु बैंकको वेलकम र स्यालरी बचत खातामा बीमा सुबिधा