काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । गत चैत २३ गते राष्ट्र बैंकको गभर्नरमा नियुक्त भएका अधिकारीले पदबहालीको १ महिनापछि आफ्नो सम्पत्ति सार्वजनिक गरेका हुन् ।
कानूनी प्रावधान अनुसार सार्वजनिक पदमा बस्ने व्यक्तिले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने हुन्छ ।गभर्नर अधिकारीले सार्वजनिक गरे अनुसार ललितपुरको सैँबुमा १ करोड रुपैयाँभन्दा धेरै लगानीको घर र जग्गा रहेको छ ।
यस्तै, अधिकारीसँग २७ तोला बराबरको सुन तथा सुनका गहना, ५० तोला चाँदी र १८ हजार नगद रहेको विवरणमा उल्लेख छ ।
यस्तै अधिकारी र उनको परिवारको नाममा १० वटा बैंकको र केही जलविद्युत् कम्पनीको झण्डै १ करोड रुपैयाँ बढीको सेयर खरिद गरेको विवरणमा उल्लेख छ ।
यस्तो छ गभर्नर अधिकारीको सम्पत्ति विवरण :