बैशाख मसान्त भित्र सरकारी खाता अद्यावधिक गर्न राष्ट्र बैंकको निर्देशन

काठमाडौं । नेपाल राष्ट्र बैंकले सञ्चालनमा रहेका सरकारी खाता अद्यावधिक गर्न तथा हालसम्म नखोलिएका खाताहरु खोल्न पुनःनिर्देशन दिएको छ ।

 

बैंकले आगामी जेठ १ गतेपश्चात् हुने सरकारी कारोबार ‘सरकारी कारोबार निर्देशिका २०७६’ बमोजिम हुने जनाएको छ ।

 

यही बैशाख मसान्तभित्र सम्बन्धित निकायको समन्वयमा सम्पूर्ण खाता खोली अद्यावधिक गर्न केन्द्रीय बैंकले निर्देशन दिएको छ ।

 

इमेलमार्फत सरकारी कारोवारको नियमित प्रतिवेदन पेश गर्ने गरिएको र सोही प्रतिवेदनका आधारमा दैनिक हिसाब मिलान गरिने भएकाले त्यसरी पत्राचार गर्दा कतिपय अवस्थामा सम्बन्धित कर्मचारीको व्यक्तिगत इमेलमार्फत प्रतिवेदन पेश हुने गरेको पाइएको बैंकको भनाइ छ ।

 

सरकारी कारोवारसम्बन्धी प्रतिवेदन पेश गर्न छुट्टै इमेलको व्यवस्था गरी सोहीमार्फत पत्राचार गर्न केन्द्रीय बैंकले आग्रह गरेको छ ।

लकडाउन यता पौने ३ अर्बको औषधि आयात Read Previous

लकडाउन यता पौने ३ अर्बको औषधि आयात

आगामी बजेट कस्तो आउनुपर्छ ? यस्तो छ पूर्वअर्थमन्त्रीहरुको सुझाव Read Next

आगामी बजेट कस्तो आउनुपर्छ ? यस्तो छ पूर्वअर्थमन्त्रीहरुको सुझाव