तातोपानी नाकाबाट स्कर्टिङ गरेर भित्र्याइयो ६ कन्टेनर स्याउ र लसुन

चीनसँगको उत्तरी नाका तातोपानी नाकाबाट स्याउ र लसुन भित्र्याइएपछि स्थानीयवासीले विरोध जनाएका छन् ।

 

लकडाउनका बेला सहमति बेगरका सामग्री ल्याएको भन्दै स्थानीयवासीले विरोध जनाइरहँदा तातोपानी नाकाबाट रातारात प्रहरी ‘स्कर्टिङ’ मा कन्टेनर भने भित्रिएका छन् । गएराति छवटा कन्टेनर पालैपालो लिपिङ हुँदै तातोपानी बजार आइपुगेका छन् ।

 

मेडिकल र खाद्य सामग्री मात्र ल्याउने सहमतिमा नाका खोल्न दिइएकामा यसरी अरू सामान ल्याउँदा कोरोना भित्रिने जोखिम बढेको भन्दै जनप्रतिनिधिले भन्सारमा अस्ति ज्ञापन बुझाएका थिए ।

 

तातोपानीका प्रमुख भन्सार अधिकृत लालबहादुर खत्रीले सरकारबाट खोलिएको नाकाबाट सामग्री आयातमा सुरक्षाका लागि स्कर्टिङ गरिएको बताए ।

कोरोनाबाट मृत्यु हुनेको संख्या साढे २ लाख नजिक, संक्रमित साढे ३५ लाख नाघे Read Previous

कोरोनाबाट मृत्यु हुनेको संख्या साढे २ लाख नजिक, संक्रमित साढे ३५ लाख नाघे

बैंक र एटीएम सेवा बन्द हुँदा सेवाग्राही मर्कामा Read Next

बैंक र एटीएम सेवा बन्द हुँदा सेवाग्राही मर्कामा