कोरोनाबाट मृत्यु हुनेको संख्या साढे २ लाख नजिक, संक्रमित साढे ३५ लाख नाघे

काठमाडौं । विश्वमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्यासाढे २ लाख नजिक पुगेको छ । वर्ल्डोमिटको तथ्यांक अनुसार सोमबार बिहानसम्म २ लाख ४८ हजार २८६ जनाको मृत्यु भइसकेको छ ।

 

यस्तै, कोरोना संक्रमितको संख्या ३५ लाख ६६ हजार २९५ पुगेको छ ।कोरोनाबाट पछिल्लो २४ घण्टामा मात्रै ८२ हजार २६४ जना संक्रमित थपिएका छन् ।

 

हालसम्म साढे ११ लाखभन्दा बढी संक्रमित निको भइसकेको छन् भने ५० हजारको स्थिति गम्भीर छ ।

 

कोरोनाबाट सबैभन्दा बढी क्षति अमेरिकाले व्यहोरेको छ । अमेरिकामा कोरोना संक्रमितको संख्या ११ लाख ८८ हजार भन्दा बढी पुगेको छ भने भने मृतकको संख्या ६८ हजार ५९८ पुगेको छ ।

 

यस्तै, इटली र वेलायतमा २८/२८ हजारभन्दा बढी, स्पेनमा २५ हपार र फ्रान्समा साढे २४ हजारले ज्यान गुमाइसकेका छन् । छिमेकी मुलुक भारतमा संक्रमितको संख्या साढे ४२ हजार पुगेको छ भने मृतकको संख्या १ हजार ३९१पुगेको छ ।

 

नेपालमा भने पछिल्लो २४ घण्टामा १६ नयाँ संक्रमित भेटिएका छन् । नेपालमा अहिलेसम्म कोरोना संक्रमितको संख्या ७५ पुगेको छ भने १६ जना निको भइसकेका छन् ।

बीमा शुल्क बुझाउने अवधि जेठ मसान्तसम्म थप Read Previous

बीमा शुल्क बुझाउने अवधि जेठ मसान्तसम्म थप

तातोपानी नाकाबाट स्कर्टिङ गरेर भित्र्याइयो ६ कन्टेनर स्याउ र लसुन Read Next

तातोपानी नाकाबाट स्कर्टिङ गरेर भित्र्याइयो ६ कन्टेनर स्याउ र लसुन