सेञ्चुरी बैंक र एफवान सफ्टबीच मोबाइल बैंकिङका लागि सम्झौता

काठमाडौं। सेञ्चुरी कमर्शियल बैंक र एफवान सफ्ट इन्टरनेशनलबीच मोबाईल बैंकिङ सेवाका लागि सम्झौता भएको छ। सम्झौता अनुसार अब बैंकले सेञ्चुरी पे नामक मोबाईल एप्स् मार्फत मोवाइल बैकिंङ सेवा उपलब्ध गराउनेछ।

 

सम्झौतापत्रमा बैंकका तर्फबाट चिफ बिजनेस डेभलपमेन्ट अफिसर सुवासबहादुर श्रेष्ठ र एफवान सफ्टका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुवास शर्माले हस्ताक्षर गरेका छन्।

 

सेञ्चुरी पे मार्फत ग्राहकले ५० भन्दा बढी बैंकका खातामा रकम ट्रान्स्फर, बिजुलीको महशुल, टीभी, इन्टरनेटको बिल भुक्तानी, मोबाईल रिचार्ज, हवाइजहाज, बस तथा सिनेमाको टिकट खरिदका साथै एक लाखभन्दा बढी मर्चेन्टमा क्युआर कोड मार्फत भुक्तानी गर्न सकिनेछ।

 

सेञ्चुरी पेमा आफ्नो मोबाईल मार्फत आफै मोबाईल बैंकिङ एक्टिभ गर्न सकिनुका साथै फिंगर प्रिन्ट इनेबल गरी सहजै कारोबार गर्न सकिनेछ। एफवान सफ्टले तयार गरेको यो मोबाईल एप्स्मा अत्याधुनिक सुरक्षा प्रणाली अपनाइएको विज्ञप्तिमा उल्लेख छ।

 

सेञ्चुरीले हाल देशभरका ११३ शाखा, १० एक्टेन्शन काउन्टर, १७ शाखारहित बैंकिङ, ८३ वटा एटीएम मार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

विमानसेवाले कोरोना भाइरससँग लड्दै कहिले र कसरी उडान सुरु गर्लान ? Read Previous

विमानसेवाले कोरोना भाइरससँग लड्दै कहिले र कसरी उडान सुरु गर्लान ?

लकडाउन खुले पनि दशैंअघि सौराहाका होटल नखुल्ने Read Next

लकडाउन खुले पनि दशैंअघि सौराहाका होटल नखुल्ने