काठमाडौं। डाबर नेपालले डाबर इन्सटेन्ट ह्यान्ड स्यानिटाइजर नेपाली बजारमा ल्याएको छ ।
डाबरले अल्कोहल बेस्ड ह्यान्ड स्यानिटाईजर बजारमा ल्याएको हो । ८० प्रतिशत अल्कोहोल भएको उक्त स्यानिटाइजरले डीडीएका सबै मापदण्ड पुरा गरेको डाबरले दाबी गरेको छ ।
प्रारम्भिक चरणमा प्रमुख सुपरमार्केट र इ–कमर्स साईटहरुमा मात्रै उपलब्ध हुने यस स्यानिटाईजरले साबुन पानीको प्रयोग बिना नै हानिकारक किटाणुहरुबाट सुरक्षा दिने डाबरले बताएको छ ।
हाल १५० एमएल स्यानिटाइजरको बजार मूल्य १७५ रुपैयाँ रहेको छ ।