अब फेसबुकबाटै एनएमबी बैंकमा खाता खोल्न सकिने

काठमाडौं । एनएमबी बैंकले घरमै बसेर फेसबुकको म्यासेन्जर बाटै खाता खोल्न सकिने व्यवस्था मिलाएको छ । बैंकले खाता वा मुद्दती निक्षेप खोल्ने र नवीकरण गर्न सकिने सेवा प्रस्तुत गरेको हो ।

 

कोभिड-१९ ले सिर्जना गरेको असहज परिस्थितिमा एनएमबिले स्मार्ट बैंकिङतर्फ फड्को मार्दै यस्तो व्यवस्था गरेको दाबी गरेको छ ।

 

‘वर्तमान प्रतिकूल परिस्थितिमा पनि अतुलनीय सहजता, उच्च प्रतिफल र असीमित सुरक्षाको सुनिश्चितताको साथ ग्राहकवर्गका लागि अनुपम सुविधाले भरिपूर्ण छरितो वित्तीय सुविधाहरू बैंकले पस्किएको हो,’ बैंकले जारी गरेको सूचनामा भनिएको छ ।

 

एनएमबीले डिजिटल बैंकिङ सेवाको दायरालाई अभिवृद्धि गर्दै ग्राहकलाई सहजता प्रदान गर्नु आफ्नो प्राथमिकता रहेको दाबी गरेको छ ।

 

खाता खोल्न सर्वसाधारणले एनएमबि बैंकको मेसेन्जरमा ‘हेल्लो’ लेख्नुपर्नेछ । हालको परिप्रेक्ष्यमा यो सेवाको सुरुवात गर्नु सुरक्षाको मामलामा कुनै सम्झौताबिना ग्राहकवर्गलाई वित्तीय कारोबारहरू सम्पादन गर्न सहयोग पुर्याउने एक महत्त्वपूर्ण योजना रहेको बैंकले जनाएको छ ।

कालोबजारी गर्नेलाई धमाधम कारबाही, ७० फर्मलाई १ करोड १३ लाख जरिवाना Read Previous

कालोबजारी गर्नेलाई धमाधम कारबाही, ७० फर्मलाई १ करोड १३ लाख जरिवाना

खानासँगै अन्य अत्यावश्यक वस्तुहरुको पनि डेलिभरी गर्दै फुडमाण्डु, डिजिटल व्यवसायमा गुणात्मक फड्को Read Next

खानासँगै अन्य अत्यावश्यक वस्तुहरुको पनि डेलिभरी गर्दै फुडमाण्डु, डिजिटल व्यवसायमा गुणात्मक फड्को