निम्बसले वीरगञ्जमा विस्तार गर्‍यो अनलाइन सपिङ

काठमाडौं । अनलाइनमार्फत खाद्यान्न लगायतसामग्री बेच्दै आएको निम्बसले देशव्यापी रूपमा आफ्ना उत्पादन तथा सेवा विस्तार गर्ने क्रममा वीरगञ्जमा सेवा विस्तार गरेको छ ।

 

गतचैत्र ९ देखि निम्बसले आफना ग्राहकलाई सुरक्षित किनमेलको प्रत्याभूति दिलाउन  www.nimbusbazar.com  मार्फत अनलाइन अर्डर लिएर सेवा दिँदै आएको छ ।

 

निम्बसले आगामी दिनमा आफ्नो सेवा काठमाडौंमा मात्र सीमित नगरी देशका अन्य भागमा पनि विस्तार गर्ने जनाएको छ । यस्ता सेवालाई सहज र समयानुकूल बनाउन निम्बसले भुक्तानीका विभिन्न गेटवेहरुबाट अनलाइन भुक्तानी पनि प्रयोगमा ल्याएको छ ।

 

कोभिड-१९ को संक्रमणलाई रोकथाम गर्न कम्पनीले आफ्ना डेलिभरीका कर्मचारीसहित अन्य कर्मचारीको सुरक्षाको सुनिश्चितता गर्न सबै किसिमका कदम चालेको छ ।

 

वितरण लगायतका सम्पूर्ण प्रत्यक्ष र अप्रत्यक्ष कर्मचारीहरुलाई समेत व्यक्तिगत स्वास्थ्य, स्वस्थकर अभ्यास र बाराम्बार साबुनपानीले हात धुने तथा सेनिटाइजर प्रयोग गर्ने विषयमा निरन्तर प्रशिक्षण दिँदै आएको छ ।

 

त्यस्तै, कर्मचारीहरुलाई मास्क, पन्जा, सेनिटाइजर आदि उपलब्ध गराउनुका साथै डेलिभरीको समयमा आवश्यक सामाजिक दूरी कायम गर्न सिकाएको छ । साथै कम्पनीले आफ्ना सबै कर्मचारीलाई शिखर इन्स्योरेन्ससँगको सहकार्यमा कोभिड इन्सुरेन्स प्रदान गरेको छ ।

उपभोक्ता ठग्ने नियत नरहेको भाटभटेनीकोे स्पष्टोक्ति Read Previous

उपभोक्ता ठग्ने नियत नरहेको भाटभटेनीकोे स्पष्टोक्ति

अघि बढ्यो दोर्दीखोला जलविद्युत् आयोजनाको काम Read Next

अघि बढ्यो दोर्दीखोला जलविद्युत् आयोजनाको काम