किसानले बजार मूल्यभन्दा ४५० सस्तोमा रासायनिक मल पाउने

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका किसानले मल ढुवानीमा अनुदान पाउने भएका छन् । कृषि उत्पादन बढाउन किसानलाई पहिलो चरणमा ३ हजार बोरा रासायनिक मल ढुवानीका लागि अनुदान दिइने छ । ढुवानीको जिम्मा गाउँपालिकाका कृषि सहकारी संस्थाले लिनेछन् ।

 

वार्षिक कम्तीमा ६ हजार बोरा रासायनिक मल खपत हुने गाउँमा बजार मूल्यभन्दा प्रतिबोरा ४५० रुपैयाँ कममा मल पाउने भएपछि किसानलाई २७ लाख रुपैयाँ सस्तो पर्ने भएको छ ।

 

गाउँपालिकाले प्रतिबोरा १३० रुपैयाँ अनुदान दिने भएपछि सहकारीले संस्थानकै मूल्यमा किसानलाई मल दिन तयार भएको छ । संस्थानको मूल्यअनुसार किसानले युरियामल अहिले बजारभाउभन्दा ४५० को हाराहारीमा सस्तोमा पाउनेछन् ।

 

हेलम्बुमा आलु, मुला, धान, कमै, कोदो, गहुँलगायत उत्पादन हुने गरेको छ । अहिले स्याउ खेती पनि हुन थालेको छ ।गाउँ कार्यपालिकाको मंगलबारको बैठकले कोरोना भाइरसबाट बच्न जारी लकडाउनको अवस्थामा किसानलाई सुपथमूल्यमा मल उपलब्ध गराउने निर्णय गरेको हो ।

 

गाउँपालिकाका कृषि शाखा प्रमुख टोपबहादुर बरालले कृषकलाई दुई चरणमा मल उपलब्ध गराइने जानकारी दिँदै बर्खेबालीका लागि यही महिना र हिउँदे बालीका लागि कात्तिकको दोस्रो सातासम्म मल ढुवानीमा अनुदान दिइने बताए।रासस

विश्वका कुन देशमा कहिलेसम्म हुन्छ कोरोनाको अन्त्य ? यस्तो छ अनुसन्धानको निष्कर्ष Read Previous

विश्वका कुन देशमा कहिलेसम्म हुन्छ कोरोनाको अन्त्य ? यस्तो छ अनुसन्धानको निष्कर्ष

उपभोक्ता ठग्ने नियत नरहेको भाटभटेनीकोे स्पष्टोक्ति Read Next

उपभोक्ता ठग्ने नियत नरहेको भाटभटेनीकोे स्पष्टोक्ति