विश्वका कुन देशमा कहिलेसम्म हुन्छ कोरोनाको अन्त्य ? यस्तो छ अनुसन्धानको निष्कर्ष

कोरोना भाइरसले गत वर्षको डिसेम्बर महिनायता विश्वमा तहल्का मच्चाइरहेको छ । महामारीको रुप लिएको यो भाइरसको कहिले अन्त्य हुने हो भनेर विश्वभरका मानिसहरु अत्तालिइरहेको अवस्था छ ।

 

हालै सिंगापुर युनिर्भसिटी अफ टेक्नोलोजीले एक अध्ययन गरेर कोरोना भाइरस यो वर्षको डिसेम्बर महिनासम्ममा पूर्णरुपमा अन्त्य हुने रिर्पोट सार्वजनिक गरेको छ ।

 

उक्त अध्ययनले भारतमा मे महिनाको २५ तारिख सम्ममा ९७ प्रतिशत भाइरसको अन्त्य हुने देखाएको छ भने जुन महिनाको ४ तारिखसम्ममा ९९ प्रशितत भाइरसको अन्त्य हुने दाबी उक्त अध्ययनले देखाएको छ ।

यो अनुमान सिंगापुर युनिर्भसिटी अफ टेक्नोलोजी एण्ड डिजाइनको ‘डाटा ड्रिभन इनोभेसन ल्याब’ले (डीडीआइ) गरेको हो ।डीडीआइले भारतमा अगस्ट महिनाको १ तारिखसम्म शत प्रतितश भाइरसको अन्त्य हुने जनाएको छ ।

 

यो अध्ययनले मे ३० सम्ममा नै यो भाइरस ९७ प्रतिशत अन्त्य हुने देखाएको छ भने जुन १६ सम्म ९९ प्रतिशत भाइरस अन्त्य हुने उक्त अध्ययनको दाबी छ ।

 

अध्ययनले दक्षिण कोरिया, चीन, न्युजिल्याण्ड, अष्ट्रेलिया, भियतनाम र आइसल्याण्डले अहिले ९९ प्रतिशत भाइरसको अन्त्य गरिसकेको अध्ययनले देखाएको छ ।

तर, वैज्ञानिकहरुले यो तथ्याङ्कमा मात्र आधारित अध्ययन भएको र विश्वको व्यवहारिक पक्षहरु, सरकारी नीतिहरु लगायत विषयहरु अध्ययनमा समावेश नभएको जनाएको छ । वैज्ञानिकहरुले यस्तो खाले प्राविधिक अध्ययनहरुको आफ्नो सीमाहरु हुने बताएका छन् ।

 

साथै, भाइरसको संक्रमण र विस्तार देशहरुले लिने नियन्त्रण सम्बन्धी नीतिहरु र अन्य देशहरुको अवस्था पनि भाइरसको संक्रमणका लागि प्रमुख हुने अध्ययनले बताएको छ । अहिले कुनै पनि देश ‘आइसोलेशन’मा रहन नसक्ने अध्ययनले बताएको छ ।

 

डीडीआइले भारतमा अप्रिल महिनाको २२ तारिखका दिन नै भाइरसको संक्रमण सबैभन्दा उच्च तहमा पुगेको देखाएको छ । तर, भारतीय बिज्ञहरु भारतमा संक्रमणको उच्च बिन्दु मे को अन्त्यतिर मात्र पुग्ने बताउँछन् ।

डीडीआइले अन्य महामारी झैं कोरोनाको पनि एउटा जीवन चक्र रहेको बताएको छ । यो चक्र अनुसार भाइरसको उत्पत्ति, व्यावक विस्तार, उच्चतम विन्दु, घट्दो संक्रमण र अन्त्य हुन्छ । तथ्यांक वैज्ञानिकहरुले अंकगणितिय माध्यमबाट यस्तो चक्रको विभिन्न चरणहरु पत्ता लगाउने प्रयास गर्ने गर्छन् ।

 

अध्ययन अनुसार अहिले सबैभन्दा बढी भाइरसको चपेटामा परेका देशहरु अमेरिका, इटाली, स्पेन र संयुक्त अधिराज्यमा पनि भाइरस मे महिनासम्म ९९ प्रतिशत अन्त्य हुनेछ ।

तरकारी बारीमै कुहिन थालेपछि खेर जान नदिन कृषि एम्बुलेन्स सञ्चालन Read Previous

तरकारी बारीमै कुहिन थालेपछि खेर जान नदिन कृषि एम्बुलेन्स सञ्चालन

किसानले बजार मूल्यभन्दा ४५० सस्तोमा रासायनिक मल पाउने Read Next

किसानले बजार मूल्यभन्दा ४५० सस्तोमा रासायनिक मल पाउने