काठमाडौं । कोकाकोलाले कोभिड-१९ रोकथाम, नियन्त्रण तथा उपचारका लागि अग्रपंक्तिमा काम गर्ने स्वास्थ्यकर्मी तथा त्रियाशीलहरूलाई सहयोग पुर्याउन ८ करोड रुपैयाँ बराबरको सहयोग गर्ने भएको छ ।
कोकाकोलाले नेपालमा सुरु गरेको राहत कार्यक्रमले देशभर १ लाख भन्दा बढीलाई लाभान्वित पार्ने लक्ष्य लिएको हो ।
कम्पनीले उनीहरूलाई आवश्यक मेडिकल उपकरण र व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) को वृद्धि गरी तत्काल राहत प्रदान गरी समुदायलाई सहयोग गर्ने बताएको छ ।
कम्पनीले आपतकालीन अवस्थामा काम गर्नेहरूलाई पेय पदार्थ र दैनिक ज्यालामा निर्भर प्रभावित समुदायलाई खाद्यान्न राहत सामाग्री प्रदान गरिरहेको दाबी गरेको छ ।