मर्जरको कमाल : दुई विकास बैंक गाभेको प्राइम कमर्सियलको नाफा २ अर्ब माथि

काठमाडौं । चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा प्राइम कमर्सियल बैकले खुद नाफा ३१.२९८ प्रतिशतले बढाउन सफल भएको छ । कैलाश विकास बैंक, कन्काई विकास बैंक, ललितपुर फाइनान्सलगायत संस्था प्राप्ति गरेको प्राइमले नाफामा उल्लेख्य सुधार गरेको हो ।

 

बैंकले बुधबार प्रकाशित गरेको तेस्रो त्रैमासिक वित्तीय विवरण अनुसार तेस्रो त्रैमाससम्ममा २ अर्ब ३ करोड ६ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आवको सोही  अवधिको तुलनामा ४८ करोड २७ लाख रुपैयाँ बढी हो। बैंकले गत आवको यसै अवधिसम्ममा १ अर्ब ५४ करोड ७९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

 

बैंकले चालू आवको तेस्रो त्रैमास (माघ-चैत) मा मात्रै ७२ करोड ९८ लाख रुपैयाँ खुद नाफा कमाएको छ। बैंकले गत आवको सोही अवधिमा ४८ करोड ७० लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

 

एक महिना लामो लकडाउन बाबजूद पनि बैंकको नाफा बढोत्तरी हुनुलाई मर्जरको उपजको रुपमा लिन सकिन्छ। बैंकको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै खुद नाफा बढ्न टेवा पुगेको हो।

 

बैंकले तेस्रो त्रैमाससम्ममा ३ अर्ब ३४ करोड ८ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ भने २ अर्ब ८९ करोड ६३ लाख रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको छ। बैंकको खुद ब्याज आम्दानी गत आवको सोही अवधिको तुलनामा ७३ करोड ९३ लाख २७ हजार रुपैयाँ र सञ्चालन मुनाफा ६९ करोड ७० लाख ५० हजार रुपैयाँ बढेको हो।

 

१३ अर्ब ९८ करोड ५२ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा ५ अर्ब ४५ करोड ८ लाख रुपैयाँ, सेयरधनी कोषमा ७८ करोड ८४ लाख रुपैयाँ र शेयर प्रिमियम ६ लाख ४४ हजार रुपैयाँ रहेको छ।

 

६४ करोड १२ लाख रुपैयाँ वितरण योग्य मुनाफा रहेको यस बैंकको प्रतिसेयर आम्दानी १९.३६ रुपैयाँ छ भने प्रतिसेयर नेटवर्थ १४४.६२ रुपैयाँ रहेको छ।

 

त्यसैगरी, बैंकको मूल्य आम्दानी अनुपात १३.०२ गुणा, निष्क्रिय कर्जा ०.९७ प्रतिशत, कष्ट अफ फण्ड ८.०३ प्रतिशत, सिडी रेसियो ७६.५५ प्रतिशत, आधार दर ९.८५ प्रतिशत र स्प्रेड ४.६४ प्रतिशत रहेको छ।

उपत्यका आसपासका यी ठाउँमा नयाँ शहर निर्माण गरिने, आगामी वर्ष बजेट तर्जुमा Read Previous

उपत्यका आसपासका यी ठाउँमा नयाँ शहर निर्माण गरिने, आगामी वर्ष बजेट तर्जुमा

नेपालमै कोरोनाको औषधि बनाइएको दाबी Read Next

नेपालमै कोरोनाको औषधि बनाइएको दाबी