उपत्यका आसपासका यी ठाउँमा नयाँ शहर निर्माण गरिने, आगामी वर्ष बजेट तर्जुमा

काठमाडौं । आगामी आर्थिक वर्षको बजेटमा काठमाडौं उपत्यकाको जनचाप व्यवस्थापन र आसपासका क्षेत्रमा नयाँ शहर निर्माणका लागि बजेट तर्जुमा गरिने भएको छ ।

 

शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले सांसदसँगको छलफलमा प्रस्तावित टोखा छहरे सुरुङमार्ग, निर्माणाधीन नौबिसे सुरुङमार्ग आदि आयोजनाका साथै वैकल्पिक चक्रपथसहितको नयाँ शहर निर्माणलाई प्राथमिकतामा राखिएको जानकारी दिएका छन् ।

 

उपत्यकालाई बाहिरी जिल्लाबाट छुने करिब ६५ किलोमिटरको वैकल्पिक चक्रपथअन्तरगत नुवाकोटका छहरे, थानसिंह, ढिकुरे, देवीघाट, महादेवफाँट, गल्छी, नौबिसे, गल्छीदेखि नुवाकोटको चाउथे, बन्चरेडाँडा र काठमाडौंको तिनपिप्लेलाई नयाँ शहर निर्माण गर्न लागिएको हो ।

 

राज्यमन्त्री मानन्धरले नयाँ बजेटमा सुरक्षित आवास कार्यक्रमलाई प्राथमिकतामा राखिने र कम्तीमा एक लाख परिवारलाई फुस तथा खरको छानाबाट विस्थापन गराई जस्ताको छानोमुनि बसाल्ने योजना रहेको जानकारी पनि दिए।

 

मन्त्रालयका सचिव मधुसूदन अधिकारीले केही नयाँ कार्यक्रमसहित बजेटको तयारी थालिएको जानकारी दिए। सचिव अधिकारीले मन्त्रालयले चालू अवस्थामा रहेका कार्यक्रमको निरन्तरतासँगै वैकल्पिक चक्रपथसहितको नयाँ शहर आयोजना र कम्तीमा एक लाख परिवारका लागि जस्ताको छानो उपलब्ध गराउने गरी बजेट आउने जनाइएको छ ।

ऋणीलाई राहत, ब्याजमा २ प्रतिशत छुट पाउने Read Previous

ऋणीलाई राहत, ब्याजमा २ प्रतिशत छुट पाउने

मर्जरको कमाल : दुई विकास बैंक गाभेको प्राइम कमर्सियलको नाफा २ अर्ब माथि Read Next

मर्जरको कमाल : दुई विकास बैंक गाभेको प्राइम कमर्सियलको नाफा २ अर्ब माथि