सिटिजन्स बैंकले लकडाउनमा पनि बढायो नाफा, यस्तो छ वित्तीय सूचक

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल चालू आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गर्ने पहिलो वाणिज्य बैंक बनेको छ ।

 

१ महिनाभन्दा लामो लकडाउनका बीच सिटिजन्स बैंकले खुद नाफा बढाएको छ । लकडाउनका कारण नियमित ऋण जारी गर्न नपाउँदा पनि बैंकले नाफामा सुधार गरेको छ ।

 

बैंकले मंगलबार प्रकाशित गरेको वित्तीय विवरण अनुसार तेस्रो त्रैमासको अन्त्यसम्ममा १ अर्ब ९ करोड १२ लाख ४५ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।

 

यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २ करोड १६ लाख ४४ हजार रुपैयाँ अर्थात् २.०२ प्रतिशत बढी हो। बैंकले गत आर्थिक वर्षको सोही अवधिमा १ अर्ब ६ करोड ९६ लाख १ हजार रुपैयाँ खुद नाफा कमाएको थियो।

 

बैंकले चालू आवको तेस्रो त्रैमास (माघ–चैत) मा मात्र ४० करोड ३५ लाख ४४ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षकोयसै अवधिको तुलनामा १० करोड ४३ लाखले बढी हो । बैंकले गत आर्थिक वर्षको तेस्रो त्रैमासमा २९ करोड ९२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

 

बैंकको खुद ब्याज आम्दानी गत आवको यसै अवधिको तुलनामा १५ करोड ७५ लाख रुपैयाँ र सञ्चालन मुनाफा ३ करोड १७ लाख ४२ हजार रुपैयाँले बढेको छ ।

 

बैंकले २ अर्ब २४ करोड ४८ लाख १३ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ भने १ अर्ब ५२ करोड ३१ लाख ४७ हजार रुपैयाँ सञ्चालन मुनाफा गरेको छ।

 

८ अर्ब ६२करोड रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा ३ अर्ब ४९ करोड ३३ लाख ६७ हजार रुपैयाँ र सेयरधनी कोषमा ४५ करोड ३३ लाख ८९ हजार रुपैयाँ सञ्चित छ।

 

चैत मसान्तसम्ममा ४१ करोड ९ लाख ६५ हजार रुपैयाँ वितरण योग्य मुनाफा रहेको यस बैंकको प्रतिसेयर आम्दानी १७ पैसाले घटेर १६.८७ रुपैयाँमा झरेको छ भने प्रतिसेयर नेटवर्थ ३.४९ रुपैयाँले घटेर १४५.७७ रुपैयाँ छ ।

 

बैंकले खराब कर्जा ०.३८ प्रतिशतले घटाउन सफल भएको छ । गत वर्षको यसै अवधिको १.५८ प्रतिशत खराब कर्जा रहेको बैंकले चालू आवको तेस्रो त्रैमासमा घटाएर ०.९७ प्रतिशतमा झारेको छ । मूल्य आम्दानी अनुपात १०.६७ गुणा कायम भएको छ।

 

 

सस्तो डिल डटकमलाई २ लाख जरिवाना, औषधि पसल  माथि धमाधम कारवाही हुँदै Read Previous

सस्तो डिल डटकमलाई २ लाख जरिवाना, औषधि पसल माथि धमाधम कारवाही हुँदै

लकडाउने बढायो प्रविधिको प्रयोग, सरकारी कम्पनीले बेच्यो अनलाइनबाटै ८० क्विन्टल खाद्यान्न Read Next

लकडाउने बढायो प्रविधिको प्रयोग, सरकारी कम्पनीले बेच्यो अनलाइनबाटै ८० क्विन्टल खाद्यान्न