काठमाडौं । वाणिज्य, आपूर्ती तथा उपभोक्ता संरक्षण विभागले सस्तो डिल डटकम अनलाइन स्टोरलाई २ लाख रुपैयाँ जरिवाना गरेको छ । विभागले उक्त अनलाईन स्टोरले अनुचित व्यापारिक कृयाकलाप गरेको भन्दै कारवाही गरेको हो ।
लाजिम्पाट स्थित सो अनलाईन स्टोरलाई आइतबार अनुगमनका क्रममा कारवाही गरिएको हो ।
यस्तै सोही दिन त्रिपुरेश्वर स्थित न्यू हिमालय सर्जिकल हाउसलाई पनि २ लाख रुपैयाँ कारवाही गरेको थियो ।
सो दिन विभागले अनुगमनका क्रममा ४ लाख ५० हजार जरिवाना असुल गरेको तथ्यांकले देखाएको छ ।
सोही क्रममा उत्तरढोका स्थित प्रेरणा औषधी पसलले व्यवसाय दर्ता प्रमाणपत्र व्यवसाय स्थलमा नराखेको पाइएको छ ।
विभागले हाल फार्मेसी, अनलाइन स्टोर तथा खाद्य पसलहरुमा बढि अनुगमन गरिरहेको छ ।
विभागले ४ स्थानमा अनुगमन गरेको थियो । सो अनुगमनका क्रममा विभागले ५ लाख रुपैयाँ जरिवाना असुल गरेको छ ।
शनिबार सातदोबाटो स्थित प्रतिमा फार्मेसी, शिव कोल्ड स्टोर, डिल्ली बजारको राजु फ्रेस हाउस, त्रिपुरेश्वरको भण्डारी सर्जिकलमा अनुगमन गरेको थियो ।
सातदोबाटो स्थित फार्मेसी र कोल्ड स्टोरलाई २/२ लाख रुपैयाँ जरिवना गरिएको थियो ।
फार्मेसीलाई सर्जिकल मास्क बढि मूल्यमा विक्री गरेको पाइएको थियो भने कोल्ड स्टोरले बिल बिजक जारि नगरेको पाइएको थियो ।
साथै राजु फ्रेस हाउस र भण्डारी सर्जिकल हाउसलाई ५०/५० हजार रुपैयाँ जरिवाना गरिएको थियो ।
बैशाख यता विभागले गरेको अनुगमनका क्रममा १५ लाख ५० हजार रुपैयाँ जरिवाना असुल गरेको छ । सो अवधिमा विशेष गरी खाद्य, औषधि पसल, अनलाइन, ग्यास, तरकारी तथा फलफूल पसलहरुमा अनुगमन गरिएको विभागले जनाएको छ ।
हालसम्म विभागले दर्जन बढि औषधि पसल तथा सर्जिकल फामहरुमा अनुगमन गरिसकेको छ ।