कोरोना विरुद्ध लड्न नेपाललाई ईयूको साथ, ९ अर्ब ८० करोड सहायता दिने

काठमाडौं । युरोपेली युनियन (ईयू)ले नेपाललाई कोरोना भाइरससँग लड्नका लागि ९ अर्ब ८० करोड रुपैयाँ (७ करोड ५० लाख युरो) सहयोग गर्ने भएको छ । कोरोना भाइरस प्रकोपसँग जुध्न र यसको असर न्यूनीकरणका लागि ईयूले उक्त सहयोग प्रदान गर्ने घोषणा गरेको हो।

 

ईयूले दिँदै आएको सहयोग प्रतिबद्धतालाई पुनप्राथमिकीकरण र थप सहयोगसमेत गरी सरकारलाई बजेटरी सहयोग दिएको हो। यो रकम सरकारले नै खर्च गर्न सक्छ ।

 

नेपालका लागि युरोपेली संघकी राजदूत वरोनिका कोदीले नेपाल र युरोपेली संघसँगको लामो समयदेखिको मित्रतालाई ध्यानमा राख्दै ईयूले अहिलेको संकटबाट जोखिमयुक्त समुदायमा पर्ने असर न्यूनीकरणमा सहयोग गर्ने बताइन् ।

 

यस्तो अवस्थामा अन्तर्राष्ट्रिय साझेदारी र ऐक्यबद्धता अझ सशक्त हुनुपर्ने उनको भनाइ थियो।

अब सामाजिक दूरी कायम गरी क्रसर सञ्चालन गर्न दिइने Read Previous

अब सामाजिक दूरी कायम गरी क्रसर सञ्चालन गर्न दिइने

रौतहटमा थप २ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ५४ पुग्यो Read Next

रौतहटमा थप २ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ५४ पुग्यो