रौतहटमा थप २ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ५४ पुग्यो

काठमाडौं । रौतहटमा थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५४ पुगेको छ ।

 

बृन्दावन नगरपालिकाका २४ वर्षीय पुरुष र देवाही गोनाही नगरपालिकाका ३५ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतले बतायो ।

 

संक्रमित दुवैको काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरेको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको हो ।

 

नेपालमा हालसम्म संक्रमित भएका ५४ मध्ये १६ जना निको भइसकेका छन् भने अन्य देशका विभिन्न अस्पतालमा उपचाररत छन् ।

कोरोना विरुद्ध लड्न नेपाललाई ईयूको साथ, ९ अर्ब ८० करोड सहायता दिने Read Previous

कोरोना विरुद्ध लड्न नेपाललाई ईयूको साथ, ९ अर्ब ८० करोड सहायता दिने

कुहिएको चामल बेच्ने व्यापारीविरुद्ध मुद्दा दायर Read Next

कुहिएको चामल बेच्ने व्यापारीविरुद्ध मुद्दा दायर