बढी मूल्यमा सामन बेचेको भन्दै भाटभटेनीलाई ३ लाख जरिवाना

काठमाडौं । दैनिक उपभोग्य सामानमा उल्लेख गरिएभन्दा बढी मूल्य लिएको पाइएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले भाटभटेनी सुपरमार्केटलाई ३ लाख रुपैयाँ जरिवाना गरेको छ ।

 

विभागको टोलीले आज गरेको अनुगमनका क्रममा टङ्गालस्थित भाटभटेनी सुपरमार्केटले उपभोग्य वस्तु ‘एमआरपी’ भन्दा बढी मूल्य लिई बिक्री गरेको पाइएको थियो ।

 

उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार भाटभटेनीलाई उक्त रकम जरिवाना गरिएको विभागले जनाएको छ । यसैगरी विभागले मूल्य सूची नराखी पसल सञ्चालन गरेको पाइएपछि कपनस्थित एमविटी खाद्य स्टोर्सलाई पनि १ लाख रुपैयाँ जरिवाना गरेको छ ।

 

लकडाउनको समयमा सरकारले जनतालाई उपभोग्य वस्तुको खरिदमा सहजीकरण गर्न भाटभटेनीलगायत ठूला पसल सञ्चालन गर्न अनुमति दिएको छ । विपद्को अवस्थामा उपभोक्ता ठगिने भन्दै विभागले लकडाउनको समयमा पनि बजार अनुगमनलाई तीव्रता दिएको छ ।

कोरोनाको इपिसेन्टर इटलीमा यसरी बनाइँदैछ लकडाउन खुकुलो Read Previous

कोरोनाको इपिसेन्टर इटलीमा यसरी बनाइँदैछ लकडाउन खुकुलो

अब सामाजिक दूरी कायम गरी क्रसर सञ्चालन गर्न दिइने Read Next

अब सामाजिक दूरी कायम गरी क्रसर सञ्चालन गर्न दिइने