लक डाउन अवधिभर नै सेयर कारोबार बन्द हुने

काठमाडौं। नेपाल स्टक एक्सेन्ज लिमिटेड (नेप्से) को नियमित सेयर कारोवार कक्ष बैशाख २५ गतेसम्म नै बन्द हुने भएको छ । सरकारले लकडाउन बढाएपछि सेयर कारोबार पनि सोही अवधिसम्म बन्द हुने नेप्सेले जनाएकोछ ।

 

धितोपत्र सूचीकरण तथा कारोबार नियमावली २०७५ को दफा २१ मा प्राकृति प्रकोप, राष्ट्रिय संकट वा काबु बाहिरको परिस्थिति आइपरेमा धितोपत्र बजारले धितोपत्र बोर्डलाई जानकारी दिई कारोबार प्रणाालीको सञ्चालन निश्चित समयका लागि स्थगन गर्न सक्ने व्यवस्था छ ।

 

देशमा कोरोना भाइरसको प्रकोपलाई नियन्त्रण तथा रोकथाम गर्न नेपाल सरकार मन्त्रीपरिषदले साविकमा भएको लक डाउनलाई यही बैशाख २५ गतेसम्म निरन्तरता दिने निर्णय गरेको छ ।

व्यवसायमा आउन सक्ने परिवर्तन र व्यवसायीको भविष्य : उद्यमी अञ्जन श्रेष्ठको विचार Read Previous

व्यवसायमा आउन सक्ने परिवर्तन र व्यवसायीको भविष्य : उद्यमी अञ्जन श्रेष्ठको विचार

प्रभु बैंकमा आगलागी, क्षतिको विवरण आउन बाँकी Read Next

प्रभु बैंकमा आगलागी, क्षतिको विवरण आउन बाँकी