गुराँस लाइफको बीमा शुल्क ई-सेवाबाट भुक्तानी गर्न सकिने

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्सको बीमा शुल्क ई-सेवाबाट भुक्तानी गर्न सकिने भएको छ ।

 

योसँगै गुराँस लाइफ इन्स्योरेन्स्मा बीमा गरेका बीमितले आफ्नो नियमित बीमा शुल्क ई-सेवाको मोबाइल एप्स् तथा इन्टरनेटबाट सहजै भुक्तानी गर्न सक्ने जनाइएको छ ।

 

यस्तै ई-सेवा एकाउन्ट नभएका ग्राहकले ई-सेवाका देशभर रहेका कुनै पनि जोन पोइन्टमार्फत बीमा शुल्क भुक्तानी गर्न सकिने जनाइएको छ ।

 

गुराँस लाइफको प्रिमियम अनलाइन भुक्तानी गर्न सकिने सेवाको सुरु भएसँगै ई-सेवाका प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटाले पछिल्ला दिनमा जीवन बिमाको प्रिमियम बुझाउन काउन्टर तथा एजेन्टसम्म पुग्न पर्ने बाध्यतालाई अन्त्य गर्न यो सेवा सुरु गरेको बताए ।

 

ई-सेवामा खाता खोल्नेको संख्या ३० लाख नाघिसकेको जनाइएको छ ।

विश्वचर्चित बुलगेरियन ड्रामा ‘अण्डरकभर’ डिशहोमको रियालिटी टिभीमा प्रसारण हुने Read Previous

विश्वचर्चित बुलगेरियन ड्रामा ‘अण्डरकभर’ डिशहोमको रियालिटी टिभीमा प्रसारण हुने

लकडाउनका बीच अघि बढ्यो देशभरका २०० सडक र पुलको काम Read Next

लकडाउनका बीच अघि बढ्यो देशभरका २०० सडक र पुलको काम