काठमाडौं । विश्वचर्चित बुलगेरियन अपराध ड्रामा टेलिभिजन सिरिज ‘अण्डरकभर’ डिशहोमको च्यानल नं १०२ रियालिटि टिभीमा प्रसारण हुने भएको छ ।
बुलगेरियन माफियाका गिरोह विरुद्ध प्रहरीको अन्डर कभर अपरेशनको कथा समेटिएको विश्वचर्चित यो सिरिज डिशहोमको रियालिटी शो मा हरेक आइतबार राति ८ः३० बजे प्रसारण हुन लागेको हो।
अण्डरकभर एक काल्पनिक आधुनिक अपराध श्रृंखला हो, जसले बुलगेरियन अण्डरवर्ल्डको वास्तविकतालाई चित्रण गर्दछ । यस अपराध कथाले वास्तविक घटनाहरुलाई जस्ताको त्यस्तै कभर गरेर श्रृंखला बनाउँछ ।
जसमा ग्यानस्टार, युद्ध,लागू औषध वितरण, जालसाँजी, शहरको केन्द्रमै बन्दुक हमला, भ्रष्टाचार योजना, बैंक डकैती आदि कथा समावेश छन् ।