‘सायद केही साना व्यवसायहरु अब कहिल्यै खुल्ने छैनन्’

काठमाडौं । महामारीले मानव समाजलाई स्थायी रुपमै परिर्वतन गरिदिएको इतिहास छ । कारोना भाइरसले पनि त्यस्तै गरिदिने विज्ञहरुले बताउन थालेका छन् ।

 

यस्ता महामारी पछि मानिसहरुको आनीबानी र व्यवहार स्थायी रुपमै परिर्वतन हुने हुँदा कतिपयि व्यवसायहरु अब कहिल्यै नखुल्ने गरी बन्द हुने ‘बिजनेश रिकभर’ सम्बन्धी जानकारले बताएका छन् ।

 

साना व्यवसायीहरु धेरै खतरामा रहेका छन् अहिले । उनीहरु यो महामारी पछि फेरी पनि नयाँ उद्यमी बनेर शुरु गर्नु पर्ने अवस्था आउने देखिन थालेको छ ।

 

‘कतिपय अवस्थामा लामो समय बन्द भएको व्यवसाय सुचारु गर्नुभन्दा सधैंका लागि बन्दै गर्नु सहज हुन आउँछ’, डिजास्टर रिकभरी इन्सटिच्युट इन्टरनेशनले (डीआरआइ)उल्लेख गरेको छ ।

 

‘अर्थतन्त्र खुलेपछि धेरै ठाउँमा पहिले जस्तो हुने छैनन् । हाम्रा धेरै बानीहरु परिर्वतन भइरसेका छन् । अनी हाम्रो खल्तीको आयतनमा पनि केही परिर्वतन आउनसक्छ’, डीआरआइका प्रमुख कार्यकारी छोले डेम्रोभ्स्कीले भने ।

 

कोरोना भाइरसको लकडाउनले किराना सामानको खरिद, सिनेमा हेर्ने, कम्पनीका बैठकहरु, ई–लर्निङ लगायत धेरै क्रियाकलापहरु डिजिटल भइसकेका छन् ।

 

यस्तो परिर्वतन छोटो समयको लागि मात्र नभएर स्थायी परिर्वतन पनि हुन सक्छ । यसरी स-साना बानीहरुमा आएको परिर्वतनले गुणात्मक फड्को मारेर केही व्यवसायहरु उदाउन सक्छन् भने केही सधैंका लागि अस्ताउन सक्छन् । कोरोना पछिको अवस्थामा आफ्नो सान्दर्भिकता पुष्टि गर्नका लागि सृजनात्मक ढंगले काम गर्न नसक्नेहरु अस्ताउन सक्छन् ।

 

ठूला र नियमन गरिएका व्यवसायहरुको पुनःउत्थान हुने योजनाहरु होलान्, जोखिम न्यूनीकरणको प्रष्ट योजनाहरु पनि हुन्छन् । साना व्यवसायहरुको त्यस्तो योजना हुँदैन । ‘यस्ता व्यवसायहरुले धेरै संर्घष गर्नुपर्ने छ । सायद यी कहिल्यै खुल्ने छैनन्’, डेम्रोभ्स्की भन्छन् ।

 

जोखिम केही न्यूनीकरण गर्नका लागि साना व्यवसायहरुले अब छोटो समयका लागि व्यवसायहरु खोल्ले, कर्मचारीलाई थोरै समय काममा लगाउने, सामाजिक दूरी कायम गरेर ग्राहकलाई सेवा दिन सकिन्छ ।

 

पञ्जा, मास्क लगाएर, सरसफाइमा ध्यान दिएर ग्राहकको विश्वास जित्ने प्रयास गर्न सकिन्छ । उनीहरुलाई पुरानै अवस्थामा फर्काउने प्रयास गर्न सकिन्छ । केही सृजनशील उपायहरु सोच्न सकिन्छ ।

सरकारले तोक्यो गहुँको सर्मथन मूल्य, प्रतिक्वीन्टल कति Read Previous

सरकारले तोक्यो गहुँको सर्मथन मूल्य, प्रतिक्वीन्टल कति

निर्माण सामग्री नहुँदा उपत्यकामा सडक निर्माण ठप्प Read Next

निर्माण सामग्री नहुँदा उपत्यकामा सडक निर्माण ठप्प