काठमाडौं । सरकारले यस वर्षका लागि गहुँको सर्मथन मूल्य तोकेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रति क्वीन्टल ३ हजार १५ रुपैयाँ तोकेको हो ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले उक्त मूल्य तोक्ने गरी मन्त्रिपरिषद्मा प्रस्ताव पठाएको थियो । सरकारले प्रत्येक वर्ष उखु, धान, गहुँ लगायत खाद्य तथा नगदे बालीमा समर्थन मूल्य तोक्दै आएको छ ।
सरकारले यसअघि आर्थिक वर्ष ०७४/०७५ मा सरकारले गहुँको न्यूनतम मूल्य प्रति क्विन्टल २ हजार ५७१ रुपैयाँ तोकेको थियो । त्यसयता मूल्य निर्धारण भएको थिएन ।
देशभरका किसानले गहुँ भित्र्याउन थालेका छन् । गत वर्ष देशभर २० लाख ४० हजार मेट्रिक टन उत्पादन भएको थियो । यस वर्ष उत्पादन केही बढ्ने कृषि मन्त्रालयले अनुमान गरेको छ ।
देशको प्रमुख खाद्यन्न बाली मध्येको एक गहुँमा ५ वर्षभित्र आत्मनिर्भर हुनेगरी परियोजना बनाइएको थियो । सरकारले प्रधानमन्त्री आधुनिकीकरणलाई पुनःसंरचना गर्न ८ अर्ब १० करोड रुपैयाँ विनियोजन गरेको छ ।