भारतीय कम्पनी रिलाइन्स इन्डस्ट्रिजका मालिक मुकेश अम्बानी फेरि एसियाकै सबैभन्दा धनी व्यक्ति भएका छन्। अलिबाबाका संस्थापक ज्याकमालाई पछि पार्दै अम्बानी एसियाका सबभन्दा धनी बनेका हुन्।
फेसबुकले रिलाइन्स जियो प्लेटफर्मको १० प्रतिशत स्वामित्व ५ अर्ब ७० करोड डलरमा किनेपछि सम्पत्ति बढेर अम्बानी एसियाका सबभन्दा धनी भएका हुन्।
ब्लूमवर्गको अर्बपति सूचकांक अनुसार अम्बानीको सम्पत्ति ४ अर्ब ७० करोड डलर बढेर ४९ अर्ब २० करोड डलर पुगेको छ।योसँगै अम्बानीको सम्पत्ति ज्याक माको भन्दा ३ अर्ब २० करोड डलरले धेरै भएको छ । उनी अहिले विश्वकै १९ औं धनी व्यक्ति हुन् ।
फेसबुकसँग डिलले अम्बानीको सम्पत्ति थपियो भने ज्याकमाकले कोभिड १९ सँग भिड्न गरिरहेको कल्याणकारी काममा १ अर्ब डलर खर्चिएका छन्।
ज्याकमाले अहिलेसम्म १ अर्ब डलर कोभिड रिलिफ अभियानमा खर्च गरेको ब्लूमवर्गले उल्लेख गरेको छ।
-बिजनेश इन्साइडर