महँगिदै भान्सा, धेरै तरकारीको थोक मूल्य नै १०० रुपैयाँ माथि

काठमाडौं । पछिल्लो समय नेपालीहरुको भान्छा महँगो बन्दै गएको छ । बजारमा पाइने प्रायःजसो तरकारीको थोक मूल्य प्रति केजी १ सय रुपैँया भन्दा माथि पुगेको हो ।

 

पछिल्लो समय भारतबाट आयातित तरकारीमा विषादी परीक्षण गर्ने हल्ला र बाढी पहिरोका कारण बजारमा तरकारीको आपूर्ती कमी भएकाले तरकारीको भाउ महँगिदै गएको हो ।

 

कालीमाटी फलफूल तथा तरकारी बजारमा मंगलबार नौ भन्दा बढी तरकारीको थोक मूल्य नै प्रतिकेजी १ सय रुपैँया भन्दा बढी रहेको थियो ।

 

मंगलबार गोलभेडा ठूलो (नेपाली र भारतीय), गाजर, बोडी, मकै बोडी, भटमास कोसाको थोक मूल्य प्रति केजी १ सय रुपैयाँभन्दा माथि रहेको छ । यी तरकारीमा अघिल्लो दिनको तुलनामा प्रतिकेजी १० देखि १५ रुपैँयासम्मले बढेको हो ।

 

त्यस्तै घिउ सिमी लोकल र हाइब्रिडको थोक मूल्य प्रतिकेजी १ सय ३० रुपैयाँ रहेको । यसमा अघिल्लो दिनको बजार मूल्यभन्दा प्रतिकेजी १२ रुपैयाँले बढेको हो ।

 

बजारमा अन्य तरकारीको न्यूनतम मूल्य पनि प्रति केजी ५० रुपैयाँभन्दा माथि नै रहेको छ । बजारमा हरियो फर्सी, झिगूनी, घिरौला, परवल, काउलीको भाउ प्रतिकेजी ६० रुपैयाँ रहेको छ ।

 

त्यसैगरि सेतो मूला प्रतिकेजी ७०, तिते करेला/लौका प्रतिकेजी ५५ रुपैयाँ रहेको छ । अधिकांश खुद्रा व्यापारीले कालीमाटी तरकारी बजारबाट किनेको थोक मूल्यमा खुद्रा बिक्रेताले २० देखि ५० प्रतिशतसम्म भाउ बढाएर बिक्री गर्ने गरेकोले उपभोक्ता मारमा पर्ने गरेका छन् ।

 

बजारमा तरकारीको आपूर्तिमा भएको कमीले गर्दा नै दिनप्रति दिन तरकारीको भाउ बढेको व्यापारीहरुको भनाई छ । काठमाडौं जोडिने अधिकांश राजमार्ग अवरुद्ध भएकाले सहजै ढुवानी हुन सकेको छैन । यस्तै कृषकले उत्पादन गरेको तरकारी भारी वर्षा र बाढीका कारण क्षती पुगेकाले बजारमा उपलब्ध गराउन सकेका छैनन् ।

सरकारी कर्मचारीले आजबाट बढेको तलव पाउने Read Previous

सरकारी कर्मचारीले आजबाट बढेको तलव पाउने

सेयर कारोबारमा ५% लाभकर आजबाट, भारित औषत गणना विधि पनि लागू Read Next

सेयर कारोबारमा ५% लाभकर आजबाट, भारित औषत गणना विधि पनि लागू