सरकारी कर्मचारीले आजबाट बढेको तलव पाउने

काठमाडौं । सरकारले आर्थिक वर्ष २०७६/७७ को बजेटमार्फत कर्मचारीहरूको वृद्धि भएको तलब आजबाट कार्यान्वयनमा गएको छ । कर्मचारीहरुको वृद्धि भएको १८ देखि २० प्रतिशतसम्म तलव आजबाट लागू भएको हो ।

 

करिब साढे ५ लाख कर्मचारीले पाउँदै आएको तलवमा कार्यालय सहयोगीदेखि नायब सुब्बासम्मको २० प्रतिशत र शाखा अधिकृतदेखि माथिल्लो पद मूख्यसचिवको तलब १८ प्रतिशतले वृद्धि भएको हो ।

 

सबैभन्दा तल्लो तहको कर्मचारी कार्यालय सहयोगीको तलबमा ३ हजार २ सय ४६ रुपैयाँ प्रतिमहिना वद्धि भएको छ । उसले यसअघि पाउँदै आएको १६ हजार २३० रुपैयाँबाट बढेर अब १९ हजार ४७६ रुपैयाँ पुगेको हो ।

 

सबैभन्दा माथिल्लो तह मुख्य सचिवको तलब ९ हजार ९३६ रुपैयाँले बढेको हो । मुख्यसचिवको तलवमान यसअघि ५५ हजार २०० रुपैयाँ रहेकोमा आजबाट बढेर ६५ हजार १ सय ३५ रुपैयाँ पुगेको छ ।

 

खरिदारको तलब २२ हजार १ सय ७० बाट ४ हजार ४३४ रुपैयाँले बढेर २६ हजार ६०४ रुपैयाँ पुगेको हो ।

 

झन्डै साढे दुई लाख हाराहारी रहेका सेवानिवृत्त कर्मचारीहरूको पेन्सनसमेत वृद्धि भएको छ । पूर्व कर्मचारीहरूको पेन्सनमा जुन पदबाट सेवानिवृत्त भएको हो, त्यही पदको बहालवाला कर्मचारीको बढेको तलबको ६६ प्रतिशतका दरले वृद्धि हुनेछ ।

 

सबै तहका कर्मचारीहरुले पाउँदै आएको मासिक २ हजार रुपैयाँ महँगी भत्ता, वार्षिक ७ हजार ५ सय कपडा भत्ता यस वर्षपनि यथावत् राखिएको छ ।

 

त्यस्तै दुई दर्जनभन्दा बढी कार्यालयका कर्मचारीहरुले पाउँदै आएको सय प्रतिशतसम्मको प्रोत्साहन भत्तासमेत यथावत् छ ।

भैरहवा विमानस्थलमा मौलिकपन नभएको भन्दै सांसदको आपत्ति Read Previous

भैरहवा विमानस्थलमा मौलिकपन नभएको भन्दै सांसदको आपत्ति

महँगिदै भान्सा, धेरै तरकारीको थोक मूल्य नै १०० रुपैयाँ माथि Read Next

महँगिदै भान्सा, धेरै तरकारीको थोक मूल्य नै १०० रुपैयाँ माथि