भैरहवा विमानस्थलमा मौलिकपन नभएको भन्दै सांसदको आपत्ति

काठमाडौं । भैरहवामा बन्दै गरेको गौतमबुद्ध विमानस्थल निर्माणमा मौलिकपन नभएको भन्दै संसदको दिगो विकास तथा सुशासन समितिका सांसदले आपत्ति जनाएका छन् ।

 

समिति सदस्य सरिता प्रसाईले भैरहवामा बन्दै गरेको गौतमबुद्ध विमानस्थलमा कहि कतै मौलिकपन नझल्केको भन्दै आपत्ति जनाएकी हुन् ।

 

उनले हिजो मंगलवार संसद सचिवालयमा भएको पत्रकार सम्मेलनमा बोल्दै गौतमबुद्ध विमानस्थलमा नेपाली संस्कृति झल्काउने खाल्को कुनै पूर्वाधार नभएको भन्दै अब बन्न बाँकी पूर्वाधारमा यी विषय समेट्न समितिले निर्देशन दिएको बताइन् ।

 

‘अहिले बन्दै गरेको गौतमबुद्ध विमानस्थल कतै विदेशबाट टपक्क टिपेर ल्याएर राखे जस्तै बनेको छ, त्यसमा हामीले अब बन्ने भौतिक पुर्वाधारमा नेपाली मौलीकत्ता झल्काउन निर्देशन दिएका छौँ,’ पसाईले भनिन् ।

 

दिगो विकास तथा सुशासन समितिकी सभापति तारादेवी भट्टले चालु आर्थिक वर्षमा पोखरा विमान विमानस्थल, गौतमबुद्ध विमानस्थल, भेरी बबई डाइभर्सन, रानीपोखरी र धरहराको स्थलगत भ्रमण गरिएको जानकारी दिइन् ।

 

उनले यस विषयमा सम्बन्धीत मन्त्रालयलाई समस्या सहितको सुधारका लागि पत्रचार गरिएको जानकारी दिइन् ।

 

‘हामीले समिति बनेको पहिलो वर्ष थोरै मात्र काम गर्ने समय पाएका थियौ । त्यस अवधिमा आफ्नो तर्फबाट सक्ने काम गरेका गछौँ, अब आउँदो वर्षमा यसलाई विस्तार गर्दै लैजाने छौँ,’ सभापति भट्टले भनिन् ।

 

यस्तै समितिकी सदस्य विमला राई पौड्यालले हरेक प्रदेशमा के कस्ता विकास निर्माणको काम भइरहेको छ भन्ने जानकारी समितिलाई आउनेगरि कामअघि बढाउने बताइन् ।

 

काठमाडौं उपत्यकामा विकास निर्माण भएको नदेखिए पनि प्रदेशहरुमा जाँदा विकासको अनुभव गर्न पाइएको पौड्यालले बताइनन् ।

 

यस्तै सांसद कालिबहादुर मल्लले भौतिक पुर्वाधार मन्त्रालय र संघिय संसद सचिवालयको स्टोर तथा चमेना गृहमा समेत अवलोकन गरिएको बताए ।

 

उनले आफैबाट सुधारको आवस्यकता भएको भन्दै मन्त्रालय भित्रबाटै अवलोकन तथा सुधारको काम सुरु गरिएको जानकारी दिए ।

लक्षित वर्गमा पुग्न नसकेको योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम Read Previous

लक्षित वर्गमा पुग्न नसकेको योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम

सरकारी कर्मचारीले आजबाट बढेको तलव पाउने Read Next

सरकारी कर्मचारीले आजबाट बढेको तलव पाउने