काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष पशुपति मुरारका लगायत व्यावसायीले सरकारलाई कोरोना भाइरस संक्रमण परीक्षणका लागि १० हजार पीसीआर टेस्ट किटसहित स्वास्थ्य सामग्री दिएका छन् ।
शुक्रबार मुरारकासहित, महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा र व्यवसायी रञ्जित आचार्यले उक्त सामग्री सरकारलाई हस्तान्तरण गरेका हुन् ।
सिंगापुरको टेमासेक फाउन्डेसनले निःशुल्क दिएको उक्त सामग्री व्यावसायीहरुले समन्वय गरी नेपाल ल्याएका हुन् ।
उक्त स्वास्थ्य सामग्री श्री एयरलायन्स चार्टर्ड गरी ल्याइएको व्यवसायी आचार्यले बताए । विपतकाे घडीमा आफूहरुले दिएको स्वास्थ्य सामग्रीले कोरोण परीक्षणमा सरकारलाई सहयोग पुग्ने उनीहरुको विश्वास छ ।