सिंगापुरबाट श्री एयरलाइन्सले ल्यायो १६९ केजी स्वास्थ्य सामग्री

काठमाडौं । सिंगापुरबाट अत्यावश्यक स्वास्थ्य सामग्री लिएर श्री एयरलाइन्सको जेट जहाज आज बिहान काठमाडौं आइपुगेको छ ।

 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र टेमासेक फाउण्डेशनको स्वास्थ्य सामग्री लिएर श्रीको कलसाइन नाइनएन एएमबी सीआरजे ७०० जहाज बिहान ८ः३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।

 

बिहीबार बिहान सिंगापुर प्रस्थान गरेको श्रीको जहाज हिजै साँझ फर्कने तालिका रहे पनि प्रतिकूल मौसमका कारण आज फर्किएको हो । निजी क्षेत्रको वायुसेवा प्रदायक कम्पनी श्रीले चार्टर्ड उडानमार्फत सिंगापुरबाट अत्यावश्यक स्वास्थ्य सामग्री ल्याएको हो ।

 

कम्पनीका संस्थागत प्रबन्धक अनिल मानन्धरले जहाजले सरकारी ५० केजी र कमर्सियल कार्गो ११९ केजी स्वास्थ्य सामग्री ल्याएको छ । यी दुवै सामग्री निजी क्षेत्रले स्वास्थ्य मन्त्रालयका लागि ल्याएको हो । १० हजार पीसीआर किट सहितका ती सामग्री केही बेरअघि स्वास्थ्य मन्त्रालयलाई हस्तान्तरण गरिएको कम्पनीले उल्लेख गरेको छ ।

 

श्रीले सामाजिक संस्थागत उत्तरदायित्वअन्तर्गत निःशुल्क चार्टर्ड उडान गर्न लागेको जनाएको छ ।

होटल उद्योगको ९० प्रतिशत आम्दानी घट्ने, विशेष नीति अख्तियार गर्न सरकारलाई आग्रह Read Previous

होटल उद्योगको ९० प्रतिशत आम्दानी घट्ने, विशेष नीति अख्तियार गर्न सरकारलाई आग्रह

व्यवसायीले सरकारलाई दिए १० हजार पीसीआर टेस्ट किट Read Next

व्यवसायीले सरकारलाई दिए १० हजार पीसीआर टेस्ट किट