नेपालमा जलश्रोत, कृषि, पर्यटन लगायतका क्षेत्रमा प्रशस्त आधार र सम्भावना छन् । तर, पछिल्लो समय कोरोना भाइरसले विश्व अर्थतन्त्रमा पारेको प्रभाव र त्यसको संक्रमणको नियन्त्रणलाई लक्षित गरी नेपालमा गरिएको लक डाउनका कारण अहिले मुलुकका अधिकांश उद्योग, कलकाखाना ,व्यापार व्यवसाय , ठप्प हुँदा सबैभन्दा ठूलो प्रभाव रोजगारीमा परेको छ ।
नेपालको ठूलो सम्भावना भएको पर्यटन क्षेत्र नराम्रो गरी प्रभावित भएको छ । एकाध बाहेक विकास र पूर्वाधार निर्माणका काम समेत ठप्प छन् । घरजग्गा कारोबार पनि ठप्प हुनुका साथै उत्पादन गर्ने उद्योगका मेसिन जाम हुने भएका छन् । अनि यी क्षेत्रमा बैंक वित्तीय संस्थाकोे पनि ठूलो लगानी छ । तसर्थ सरकारले अब मुलुकमै रोजगार सृजना हुनेगरी आत्मनिर्भर बनाउने बाटो खोज्न जरुरी छ ।
अहिले राज्यको लगानीको प्रतिफल भोलि अवश्य राम्रो हुनेछ । कोरोनाको त्रासमा एक महिना लकडाउनमा बिताई सकेका हामीले कोरोनाको कहर र त्रास मात्र होइन अब अझै एक महिना मात्र हामी लकडाउनमा बस्ने अवस्था आएमा त्यसले लकडाउनवाट रोजगार बिहिन भएका अधिकांश मजदूरमा भोकमरीको समस्या समेत निम्त्याउने पक्का छ ।
जसका लागि अब महत्त्वपूर्ण प्राथमिकताका क्षेत्र तोकि अहिलेको खर्च नभएको विकास बजेटलाई रकमान्तर गरी अर्थतन्त्र लाई चलायमान गराईराख्न कम्तिमा १ वर्ष निर्ब्याजी रूपमा यस्ता क्षेत्रमा लगानी गरिदिई निजी क्षेत्रसँग हातेमालो गर्न आवश्यक देखिन्छ । सबै क्षेत्रलाई समेट्ने गरी सरकारले आर्थिक प्याकेजको घोषणा गर्नु पर्छ ।
अहिले राज्यको लगानीको प्रतिफल भोलि अवश्य राम्रो हुनेछ । कोरोनाको त्रासमा एक महिना लकडाउनमा बिताई सकेका हामीले कोरोनाको कहर र त्रास मात्र होइन अब अझै एक महिना मात्र हामी लकडाउनमा बस्ने अवस्था आएमा त्यसले लकडाउनवाट रोजगारविहीन भएका अधिकांश मजदूरमा भोकमरीको समस्या समेत निम्त्याउने पक्का छ ।
अनि लकडाउनले प्रभावित हर क्षेत्र धेरै वर्ष माथि उठ्न नसक्ने देखिन्छ । अहिले खाद्यान्न आपूर्ति सहज रूपमा भईरहे पनि भारतमा कोरोनाको संक्रमण बढ्दो छ, जसले गर्दा हाम्रो आयात समेत प्रभावित हुनेछ । उद्योगी व्यवसायी, शिक्षक, कर्मचारी, संचारकर्मी मजदूरको मनोवललाई यथावत कायम राखी अर्थतन्त्रलाई चलायमान गराउन पैसाको अभाव छ भन्ने अवस्था आउन दिन हुँदैन । अब सीप सिकेर विदेशबाट फर्केका र स्वदेशमा केही गर्छु भन्ने आँट भएका जनशक्तिहरूको बारेमा पनि सरकारले तत्काल ठोस योजना बनाउन आवश्यक देखिन्छ ।
सीपमूलक शिक्षामा जोडदिँदै कृषि र पर्यटन विकासका पूर्वाधार विकासमा स्थानीय सरकारले समेत तत्काल स्पस्ट योजना ल्याएर अगाडि बढ्न जरूरी छ । तसर्थ अहिले अहोरात्र खटिएका स्वास्थ्यकर्मी ,सुरक्षाकर्मीहरूलाई सुरक्षित उपकरण उपलब्ध गराई सेवा सुविधा दिई उच्च मनोबलका साथ काम गर्ने वातावरण बनाउँदै विपन्न जनता, निर्बाहमुखी व्यवसायीहरू र उधोग व्यवसायको संरक्षण गर्न सरकार उदार हुनु पर्छ । सरकारबाट गरिएको लकडाउनको हामी सबैले पालन गरौं ।
बाचौं र बचाऔं ।