दक्षिण अफ्रिकामा २६ अर्ब डलरको राहत प्याकेज घोषणा

दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाले मंगलबार कोरोना भाइरसका कारण सिर्जित संकट समाधानमा मद्दत गर्न करिब २६ अर्ब डलरको आर्थिक तथा सामाजिक राहत प्याकेज घोषणा गरेका छन् ।

 

राष्ट्रपति रामाफोसाले उक्त आपतकालीन राहत प्याकेज ऐतिहासिक रहेको बताएको स्थानीय संचार माध्यमहरुले बताएका छन् । उनले आर्थिक प्याकेजको विस्तृत विवरण बिहीबार राष्ट्रका नाममा सम्बोधन गरी घोषणा गर्नेछन् ।

 

दक्षिण अफ्रिकी अधिकारीहरुले मार्च २३ मा तीन साता लामो राष्ट्रव्यापी क्वारेन्टाइन घोषणा गरेका थिए । तर कोरोनाभाइरसको प्रसार बढेसँगै सरकारले अरु १५ दिन क्वारेन्टाइनको म्याद बढाएको थियो ।

 

दक्षिण अफ्रिकामा कोरोना संक्रमित व्यक्तिको संख्या तीन हजार ५०० नाघेको छ भने कम्तीमा ५८ जनाको मृत्यु भएको छ ।

कोरोनाले देखाएको बाटो र चलायमान अर्थतन्त्र Read Previous

कोरोनाले देखाएको बाटो र चलायमान अर्थतन्त्र

९ महिनामा २२ अर्बको औषधि आयात Read Next

९ महिनामा २२ अर्बको औषधि आयात