काठमाडौं । रेमिट्यान्स सेवा दिने वेस्टर्न युनियन मनी ट्रान्सफरले घरसम्मै पैसा पुर्याइदिने भएको छ।
अन्नपूर्ण ट्राभल एण्ड टुर्स तथा हुलास रेमिटान्सले नेपालमा वेस्टर्न युनियन मनि ट्रान्सफरको होम डेलिभरी सेवा दिने घोषणा गरेका छन्।
एजेन्टहरु मार्फत नेपालभर यस्तो सेवा दिन लागिएको कम्पनीले जानकारी दिएको छ। होम डेलिभरी सुविधा आइतबारदेखि शनिबारसम्म १० बजेबाट ४ बजेसम्म उपलब्ध हुनेछ ।
‘हामी र हाम्रा एजेन्टहरुले पैसाहरु जहाँ र जहिले आवश्यक परेको स्थानहरुमा पुर्याउन महत्वपूर्ण भूमिका खेल्छौं । एक उद्देश्यद्वारा संचालित ग्लोबल कम्पनीको रुपमा हाम्रो जनादेश विश्वव्यापी समुदायहरुको सेवा गर्ने हो र यसको अर्थ डिजिटल्ली सक्षम समुदायलाई मात्र नभए अफलाईन समुदायहरुलाई पनि नविनतम तरिकाले सेवा गर्नु हो । यो साझा उद्देश्य वर्तमान समयमा सत्य हो वेस्टर्न युनियन, ग्लोबल नेटर्वकका प्रेसिडेन्ट जीन क्लाउड फराह भनेका छन्।
यसका लागि पैसा पठाएको जानकारी पाएपछि पाउने व्यक्तीले अन्नपूर्ण ट्राभल एण्ड टुर्स वा हुलास रेमिटान्समा सम्पर्क गरेर नजिकैको शाखा पत्ता लगाउनुपर्छ।
त्यसका लागि अन्नपूर्ण ट्राभल एण्ड टुर्स को यो नम्बरमा ९०१२२३५३०० र हुलास रेमिटान्सको यो ९९८५१०१९९७३० नम्बरमा फोन गर्नुपर्छ। शाखा पत्ता लागेपछि शाखाले होम डेलिभरी सेवा दिने छ।