डिजिटल माध्यमबाट बिल भुक्तानी गर्न इन्टरनेट सेवा प्रदायकको आग्रह

काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनीहरुले ग्राहकलाई डिजिटल माध्यमबाट बिल भुक्तानी गर्न आग्रह गरेका छन् ।

 

नेपाल दूरसञ्चार प्राधिकरणले सेवा प्रदायकहरुलाई लकडाउनको बेलामा ग्राहकको लाइन नकाट्न निर्देशन दिएसँगै उनीहरुले यस्तो आग्रह गरेका हुन् ।

 

प्राधिकरण निदशनलाई आत्मसाथ गर्दै सेवा प्रदायकहरुले शाररिक रुपले पूर्ण रुपमा अशक्त ,घरमा कुनै सहयोगी नभएका बृद्ध घरायसी ग्राहकहरुका हकमा बिना बिल भुक्तानी नैसेवाको निरन्तरता दिने बताएका छन् ।

 

लकडाउनको बेलामा पनि नागरिकलाई सूचना प्रवाहित हुनबाट बन्चित हुन नपरोस भनि आफूहरुले निरन्तर सेवा प्रदान गरिरहेको र यसलाई सधैं निरन्तरता दिन प्रतिबद्धता जाहेर गरेका छन् ।

पर्यटन क्षेत्रमा १६० अर्ब क्षतिको अनुमान, आन्तरिक पर्यटक बढाउन वार्षिक एक महिना विदा : मन्त्री भट्टराई Read Previous

पर्यटन क्षेत्रमा १६० अर्ब क्षतिको अनुमान, आन्तरिक पर्यटक बढाउन वार्षिक एक महिना विदा : मन्त्री भट्टराई

स्वास्थ्य सामग्री लिन श्री एयरलाइन्स सिंगापुर जाने Read Next

स्वास्थ्य सामग्री लिन श्री एयरलाइन्स सिंगापुर जाने