काठमाडौं । नेपाल एसबीआई बैंकले गण्डकी प्रदेश सरकारबाट सञ्चालन भएको कोरोना भाइरस रोग नियन्त्रण तथा उपचार कोषमा ५ लाख रुपैयाँ सहयोग गरेको छ ।
आइतबार बैंकका पोखरा शाखाका प्रमुख बमबहादुर बानियाँ, सृजनाचोक शाखाका प्रमुख रबिन कुईकेल तथा गण्डकी प्रदेश कार्यालयका उप प्रमुख लक्ष्मणकुमार खनालले संयुक्त्त रुपमा सो रकम बराबरको चेक गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङलाई हस्तान्तरण गरेका हुन् ।
बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विपतको घडीमा सरकारलाई सहयोग गरेको बताएको छ । बैंकले केन्द्रीय सरकारको कोषमा ५० लाख रुपैयाँ र प्रत्येक प्रदेश सरकारको कोष्मा ५/५ लाख रुपैयाँका दरले सहयोग गर्ने जनाएको छ ।