काठमाडौं । आर्थिक वर्ष २०७५/७६ को अन्तिम दिन सेयर बजार १२५९.०१ अंकमा पुगेर बन्द भएको छ । यो आर्थिक वर्षको शुरुको दिन, अर्थात २०७५ साल साउन १ गते सेयर बजार १२ सय ४ दशमलव ३१ अंकमा बन्द भएको थियो । यसको मतलब बिगत १ बर्षमा नेपालको एकमात्र सेयर बजार ५५ अंकले बढेको छ ।
यो आर्थिक बर्षको आज अन्तिम दिन सबै उप-सुचकहरु बढेका छन् । उत्पादन ७.०९ अंकले बढेर २६७६.८२ मा पुगेर बन्द भएको छ । बैंकिङ, विकास बैंक र वित्त क्रमश ४.१३, ५.९९ र ५.१४ अंकले बढेर ११३३.०४, १६१३.८७ र ६२६.०२ अंकमा पुगेर बन्द भएका छन् ।
त्यसैगरि नन् लाइफ इन्स्योरेन्स १०.४६ अंक र लाइफ १.७३ अंक बढेर क्रमश ५०७०.२५ र ६०१८.६८ अंकमा पुगेका छन् । जलबिद्युत १.१६ अंकले बढेर १२०५.४७ र लघुबित्त ५.५ अंकले बढेर १४३४.३२ अंक पुगेको छ ।
मानिसहरु अब सेयर बजारले छिट्टै १८८१ को पुरानो रेकर्ड तोड्ने र कम्तीमा २५०० हाराहारीमा पुगेपछि मात्र रोकिने आँकलन गर्न थाले । अनी त्यसको केही वर्षपछि ६००० सम्म पुग्ने अनुमान गर्न थाले ।
यो आर्थिक बर्षको शुरुवातको दिनमा बैंक १०८१.७९, विकास बैंक १४२६ .०६ , वित्त ६०९.४०, जलबिद्युत १४५८.८८, लाइफ इन्स्योरेन्स ६१२५.३४, उत्पादन २२२८.४८, लघुवित्त १५९३.७६ र नन् लाइफ ६१११.७८ अंकमा बन्द भएका थिए ।
यसको मतलब यो आर्थिक बर्षमा सबै उपसुचकहरुमा खासै उतारचढाव भएन । कुनै सामान्य ढंगले बढे भने केही सामान्य घटे ।
यो आर्थिक वर्षमा सेयर बजारमा त्यस्तो उल्लेख्य उतारचढाव केही भएन । हल्लाले चल्ने बजार भएका कारण केही सामान्य हल्ला भने चले ।
अर्थमन्त्री युवराज खतिवडाको पुँजी बजार प्रति ‘कडा’ दृष्टिकोणका कारण लगानीकर्ताहरु केही निराश थिए । अनि तरलताको अभाव र त्यसैका कारण बढेको ब्याजदरले पनि सेयर बजारमा उत्साह ल्याउन सकेको थिएन ।
परिणाम स्वरुप, २०७५ फागुन १९ गतेका दिन सेयर बजार यो बर्षकै तल्लो बिन्दुमा झर्यो, ११००.५८ बिन्दुमा । दैनिक कारोबार रकम पनि मुस्किलले २५ करोड रुपैंयाँ हुन्थ्यो । ब्रोकर कार्यालयमा लगानीकर्ताहरु जानै छाडेका थिए । र, ब्रोकर कार्यालयका कर्मचारी पनि ‘वेरोजगार’ जस्तै हुन थालेका थिए ।
त्यो समय उपसुचकहरुको कुरा गर्दा, बैंक ९४०.०३, विकास बैंक १४०३.२७, वित्त ५८४.३९, जलबिद्युत् ११०५.१९, लाइफ इन्स्योरेन्स ५६३६.१६, उत्पादन १९९१.८१, लघुवित्त १३६५.२३ र नन् लाइफ ५२८९.४० अंकमा झरेका थिए ।
तर, त्यसको केही हप्तापछि नै बजारका बारेमा केही सकारात्मक समाचारहरु आउन थाले । अर्थमन्त्रीले पनि पुँजी बजार देश विकासको लागि पुँजी निर्माण गर्ने महत्वपूर्ण क्षेत्र भएको सार्वजनिक रुपमा बोले । र, सेयर बजारले गति लिन थाल्यो ।
त्यसको करिब २ महिनापछि, २०७६ जेठ १६ गते सेयर बजार यो आर्थिक वर्षको उच्चतम बिन्दुमा पुग्यो । त्यो दिन सेयर बजार १३१९.४७ अंकमा पुग्यो ।
त्यो बेला बैंक ११७६.६६, विकास बैंक १६०७.७५, वित्त ६२५.९२, जलबिद्युत् १२७४.९७, लाइफ इन्स्योरेन्स ६५२९.६७, उत्पादन २७८१.५८, लघुबित्त १५०७.१० र नन् लाइफ ५८१३.८३ अंकमा उक्लेका थिए ।
‘पुँजीगतलाभ कर’ ७.५ प्रतिशतबाट घटाएर ५ प्रतिशतमा बजेटले ल्याएकै हो । तर, लगानीकर्तामा यो कर नै अन्तिम हो वा होइन भन्ने जिज्ञासा अझै मेटिन सकेको छैन । त्यसैले बजेट लगत्तै सेयर बजार घट्न थाल्यो ।
मानिसहरु अब सेयर बजारले छिट्टै १८८१ को पुरानो रेकर्ड तोड्ने र कम्तीमा २५०० हाराहारीमा पुगेपछि मात्र रोकिने आँकलन गर्न थाले । अनी त्यसको केही वर्षपछि ६००० सम्म पुग्ने अनुमान गर्न थाले ।
तर, जेठ १५ गतेको बजेटले आम लगानीकर्ताहरुको चासो सम्बोधन नगरेको चर्चा हुन थाल्यो । ‘पुँजीगतलाभ कर’ ७.५ प्रतिशतबाट घटाएर ५ प्रतिशतमा बजेटले ल्याएकै हो । तर, लगानीकर्तामा यो कर नै अन्तिम हो वा होइन भन्ने जिज्ञासा अझै मेटिन सकेको छैन । त्यसैले बजेट लगत्तै सेयर बजार घट्न थाल्यो । र, पुरानै गतिहिन अवस्थामा झैं रुमल्लिन थाल्यो ।
‘सेयर बजारले गति लिनको लागि सबै सुचकहरु सकारात्मक नै छन् र अब उछाल आउनुपर्ने हो । तर, किन आइरहेको छैन मैले बुझेको छैन’, अनुभवी लगानीकर्ताहरु सुनाउन थालेका छन् ।
केही ठूला खेलाडी भनिने लगानीकर्ताले अब बुल रन शुरु भयो भनेर अन्तर्वार्ता पनि दिन शुरु गरिसकेका थिए । तर, अहिले उनीहरु फेरी चुपचाप लागेका छन् ।
‘सेयर बजार उड्नको लागि तयार छ । तर, उड्नका लागि इन्धन नै छैन,’ अनुभवी लगानीकर्ता ज्ञानेन्द्रलाल प्रधानको बुझाई हो यो । उनले यहाँ इन्धन भनेको तरलता हो । तरलताको सहजतासँगैं बैंक तथा वित्तीय संस्थाको ब्याजदर घट्ने र सेयर बजार बढ्ने उनको बुझाई छ ।
बजारको आधारभुत प्रकृतिको कारणले केही हल्ला चलेपनि समग्रमा यो आर्थिक वर्ष सेयर बजार स्थिर नै रह्यो । करिब २०० अंकको मात्र उतार चढाव भयो । र, अन्तत बन्द हुने दिनमा बर्षको शुरुको दिन भन्दा ५५ अंकले मात्र बढ्यो ।