पैसा नतिरे पनि लकडाउन भरि इन्टरनेटको लाइन नकाट्न सरकारको निर्देशन

काठमाडौं । सरकारले इन्टरनेट सेवा प्रदायक कम्पनीहरुलाई लकडाउनको अवधिभरि ग्राहकको लाइन नकाट्न निर्देशन दिएको छ ।

 

हालको विषम परिस्थितिमा पनि सेवा शुल्क तिर्न नसकेका इन्टरनेट ग्राहकको लाइन काटेको गुनासो बढेपछि नेपाल दूरसञ्चार प्राधिकरणले यस्तो निर्देशन दिएको हो ।

 

प्राधिकरणले लकडाउनको अवधिमा इन्टरनेट सेवाको महशुल भुक्तानी गर्न असमर्थ भएको अवस्थामा सेवा अवरुद्ध हुँदा आम मानिसमा त्यसको नकारात्मक असर पर्न जाने भन्दै सम्भव भएसम्म अनलाइन माध्यमबाट भुक्तानी लिने व्यवस्था गर्न आग्रह गरेको छ ।

 

यसरी भुक्तानी गर्न असमर्थ ग्राहकहरुको इन्टरनेट सेवा समेत निरन्तर सञ्चालन हुने गरी लकडाउन पछि जरिवाना नलिइ भुक्तानी लिने व्यवस्था मिलाउन पनि प्राधिकरणले सेवा प्रदायकलाई निर्देशन दिएको छ ।

कोरोना संकटलाई यसरी नयाँ अर्थतन्त्रको गोरेटो कोर्ने अवसरमा परिणत गरौं : प्रबलजंग पाण्डेको विचार Read Previous

कोरोना संकटलाई यसरी नयाँ अर्थतन्त्रको गोरेटो कोर्ने अवसरमा परिणत गरौं : प्रबलजंग पाण्डेको विचार

भारतीय रिजर्भ बैंकले बैंक तथा वित्तीय संस्थालाई १ लाख करोड भारु राहत दिने Read Next

भारतीय रिजर्भ बैंकले बैंक तथा वित्तीय संस्थालाई १ लाख करोड भारु राहत दिने